उम्मेदवारसंग बधाई तथा समीक्षा कार्यक्रम सम्पन्न

0
160

भेरीगंगा, बैशाख २१- भेरीगंगा नगरपालिका वडा नम्बर ९ मा नागरिकसंग उम्मेदवार विषयक बधाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

भेरीगंगा नगरपालिका वडा नम्बर ९ गोलपार्क टोल विकास समितिको आयोजनामा वडाअध्यक्षका उम्मेदवारसंग समीक्षा कार्यक्रम भएको हो । वडामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, जसपा र स्वतन्त्रका उम्मेदवारहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुको एजेण्डा र प्रतिबद्धता मतदाताले सुन्ने र गुनासो पोख्ने गरि बधाई तथा समीक्षा कार्यक्रम गरिएको आयोजक गोलपार्क टोल विकास समितिका छविलाल सुनारले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here