सचेत रुपमा काम गर्न बास्कोटाको आग्रह

0
333

नेपालगन्ज, जेठ २४- उत्साह र उमंगले मानिसलाई स्वस्थबनाईराख्ने भएकाले लकडाउनको अवधिमाउत्साहका साथसचेतनापूर्बक कामगर्न राष्ट्रिय सूचनाआयोगकापूर्ब प्रमुख सूचनाआयुक्त कृष्णहरी बास्कोटाले अनुरोध गरेका छन् ।
बास केन्द्रीयकार्यालय नेपालगन्जले सूचनाको हक र सकारात्मक सोचकाबिषयमाआज गरेको अनलाईन अन्तरक्रियामाप्रमुखबक्ताको रुपमाबोल्दै बास्कोटाले यस्तो अपिल गरेकाहुन् ।

यो बेला धेरै ब्यक्तिहरु अपबाहकाकारण बिरामी परिरहेको भन्दै बास्कोटाले कसैलाई पनिनआत्तिन अनुरोध गरे । सधंै मानिसलाई अगाडी बढ्न सकारात्मक सोच आवश्यक पर्ने भएकाले सोहीअनुरुप अगाडी बढ्नुपर्नेमाउनको जोड थियो ।
लकडाउनको बेलामा सबैकालागि फुर्सदको समय हुने भएकाले सो समयमादिमागलाई ब्यस्त राख्न सकेमानयाँनयाँ कुराको सिर्जनागर्न सकिने उनको भनाई थियो । कोरोनाभाईरस बिरुद्धकोअभियानमाभईरहेको खर्चलाई लक्षितगर्दै सरकारले स्वास्थ्यमन्त्रालयतथामातहतकाकार्यालयले कुनै पनिनयाँ निर्णय गर्दा वा रकमखर्च गर्दा सो को बिबरण सार्वजनिकगर्नुपर्ने उनको भनाई थियो । उनले सरकारले गरेकाकामहरुलाई स्वस्फूर्त सूचनाप्रकाशनमार्फत सार्वजनिकगर्न समेत अपिल गरे ।लोकतन्त्रकालागि सूचनाको हकजरुरी रहेको उनको भनाई थियो । कोरोनाभाईरस बिरुद्धको एक मात्र उपाय आत्मबल भएकाले उच्चआत्म बिश्वासका साथ सुरक्षित रहनु पर्र्ने उनको भनाईथियो । उनले सकारात्मक सोच सबैले बिकास गर्नु पर्ने बताएकाथिए ।

देश भरीकाविभिन्न जिल्लाबाट झण्डै ३ दर्जन बढीको सहभागिता रहेको सो अन्तरक्रियाको सहजिरकणबासकाकार्यकारी निर्देशकनमस्कार शाहले गरेकाथिए । मुख्यबक्ताको रुपमा झण्डै ३० मिनेट बोलेपछि सहभागि हेमराज भट्ट, कल्पनाअधिकारी, सन्तोष रोकाया, कमलशाही, लक्ष्मीतिवारी, मुना बिष्ट, मन भण्डारी, चुत्रबहादुर महतलगाएतले प्रश्नतथा जिज्ञासा राखेकाथिएजसको जवाफप्रमुखबक्ताबास्कोटाले दिएकाथिए । बासले लकडाउनको बेलाप्रविधिको प्रयोग गर्दै विभिन्नबिषयमाअनलाईन बैठकहरु गर्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here