राती ७ बजेपछि सुर्खेतमा देउँसीभैला खेल्न बन्द

0
119

सुर्खेत, कार्तिक ७ जिल्ला प्रशासन कार्यालय सुर्खेतले राती ७ बजेपछि देउँसी भैलो खेल्न निषेध गरेको छ । तिहारको समयमा राती अवेरसम्म देउँसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधीक घटना हुने भन्दै राती ७ बजेपछि देउसीभैलो बन्द गरेको हो ।

देउँसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले राती ७ बजेपछि तिहारको गतिविधी नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ले बताए । विगतका बर्षमा राती १० बजेसम्म देउँसीभैलो खेल्दा विभिन्न घटना घटेको मल्लको भनाई छ ।

प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here