मौलिकता बचाउ अभियान्ता गाइनेको पदयात्रा सकिदै

0
141

सुर्खेत, बैशाख १३ – गायक तथा संचारकर्मि सेरबहादुर आचार्य गाइनेको डेढ महिना अघि ७८ फागुन २४ गते सुरु भएको पैदल यात्रा मेचि पुलमा समापन हुदैछ । तेलराम्रो तोरिको गितका सर्जक तथा ,बैँस छायो,रतिखोला लगायतका दर्जनौं गितमा स्वर दिएका गाइने सुर्खेतको रेडियो भेरि एफएममा एक दशक देखि निरन्तर कार्यरत छन ।

खेलौ जहारि ,लोकसुसेलि,गामबेसिका भाका ,भेरिको डबलि जस्ता थुप्रै कार्यक्रम रेडियोबाट चलाउदै गाउँ शहरमा हुने विभिन्न मेला महोत्सवमा सहभागी भयर निकै चर्चित र लोकप्रिय बनेका गाइने गत फागुन २४ गते महाकाली पुल बाट सारंगि र मादल बोकेर महाकाली मेचि यात्रामा निस्केका थिए । नेपाली मौलिकता र जन्म भुमि प्रति पछिल्लो पुस्ताको चासो हराउदै गयको भन्दै गाइनेले नेपालि माटो र मौलिकता प्रेम लाई मुटुमा राखेर महाकाली –मेचि यात्राको थालनि गरेका थिए ।प्रकृति प्रेमि गाइने बिलासि जिवन भन्दा सामान्य जिनवन जिउन रुचाउँछन् ।उनी अत्यावश्यक बाहेकका काममा पैदल हिड्न र विशेष बन जंगल र गाउँ तिर घुम्न रुचाउछन । गायन क्षेत्रमा लोकिलो स्वर भयका उनी विशेष पुराना कलाकारका गित गाउन बजाउन र सुन्न रुचाउछन ।

कुनै पनि कुरामा खुलेर बोल्ने उनी जस्तो लाई तस्तै भन्न डराउदैनन । उनको स्वभाव सबैलाई माया र सम्मान गर्ने भय पनि सम्मान खोज्न र म यस्तो हु भनेर भन्न जान्दैनन ।सरल स्वभावका उनी स्वाभिमानि स्वभावका मानिन्छन् । उनको यो पैदल यात्राको समापन मेचि पुलमा केही सारंगी बाधक सहित समापन हुदैछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here