मालारानी बेथेल चर्च भवन उद्घाटन

0
222

हुमबहादुर कार्की, असार १२- गुर्भाकोट नगरपालिका वडा न.२ स्थित मालारानीमा बेथेल चर्चको नयाँ भबन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच नवनिर्मित चर्चको भवन उद्घाटन भएको हो ।

सुर्खेत बेथेल चर्चको आर्थिक सहयोगमा उक्त मण्डलीको उद्घाटन समारोह सम्पन्न भएको थियो । सुर्खेत बेथेल चर्चका पास्चर पदम गैरेको प्रमुख अतिथ्यमा रिबन काटेर बाइबल बाचन गरि उद्घाटन भएको थियो । यसैगरि मालारानी बेथेल चर्चका एल्डर भुपाल बिकले अनन्त जिबन, समाज परिवर्तन, रुढीबादी परम्पराको अन्य गरि स्वच्छ समाज गराउने यस धर्मको उदेश्य रहेको बताउनु भएको थियो । कार्यक्रममा उहाले म परिबर्तन भए भने हामी सबै परिवर्तनतर्फ लाग्नु राम्रो कार्य भएको समेत बताउनु भएको थियो । कार्यक्रममा वडा जनप्रतिनिधि समाजसेबी लगायत करिब १०० जना इसाइ धर्मावलम्बीहरुको उपस्तिथि रहेको थियो ।

प्रत्येक हप्ताको सनिश्चवार चर्चमा इसाई धर्मालम्बीहरु जम्मा भै प्रमेस्वर यशुको नाउमा बाइबल भजन कृतन गर्दै आएको धर्मावलम्बीहरुको भनाइ रहेको थियो । भवन उद्घाटनसंगै अवदेखि चर्चका कार्यक्रम नँया भवनमा हुने बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here