हुमबहादुर कार्की, सुर्खेत पौष २१- सुर्खेतको पुर्बी क्षेत्र गुर्भाकोट नगर पालिका वडा न . २ स्थित श्री जनज्ञान भन्डार माबि कोटखोला मालारानी ले ४९ औ बार्षिकोत्सब तथा अभिभाबक दिवस सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन प्रमुख अतिथी तथा गुर्भाकोट नगर उपप्रमुख मैना बिकले गर्नुभयो ।


यहाले आज बिधार्थी भाइबहिनीहरुको सिकाइ उपलब्धीको लेखाजोखा गर्ने पर्व रहेकोले आर्थिक अबस्था कमजोरका कारण गाउँ घरमा शिक्षण सिकाइबाट बन्चित भएका भाइबहिनीहरुलाई शिक्षा क्षेत्रमा ल्याउने ब्यबस्था गरिने बताउनु भएको थियो । यसैगरी बिधालयको आ.ब. २०७७/०७८ को बार्षिक प्रतिबेदन प्रध्यानाध्यापक गंगाप्रसाद भट्टले प्रस्तुत गर्नु भएको थियो । बिधालयको स्थापना बि.स. २०३० सालमा, निम्नमाध्यमिक तह बि.स. ३०३४ सालमा र, माद्यामिक तह बि.स. २०५० सालमा र उच्च माध्यमिक बि.स. २०६७ सालमा हुँदै बिधालयमा भौतिक शैक्षिक ब्यवस्था राम्रो हुँदै आएको भन्दै आ.ब. २०७८/०७९ को बार्षिक आयब्यय प्रस्तुत गर्नु भएको थियो । उहाले आगामी पाँच बर्षभित्र बिधालयलाई बालमैत्री अभिभावकमैत्री गुणस्तर शिक्षण भैतिक सुबिधा प्राबिधिकधारको शिक्षण सिकाइ गरि नमुना बिधालयको लक्ष्य बनाइएको समेत बताउनु भएको थियो ।

कार्यक्रममा सुभकामना मन्त्वय नेपाल शिक्षक महासङ गुर्भाकोट नगर कार्य समितीका सयोजक कृष्ण प्रसाद आर सि, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका महासचिव तथा शिक्षक गोबिन्द प्रसाद ढकाल, नगर शिक्षा शाखाका प्रमुख, पुर्ब प्राध्यापक डा. नरेश बिक्रम ढकाल,शिक्षा तथा सामाजिक बिकास समितीका संयोजक चित्र बहादुर रेग्मी , अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका संयोजक अम्मर बिक, नमुना बिधालयका प्रअ ढाल बहादुर खत्री र गुर्भाकोट बहुमुखी क्याम्पसका प्रमुख अर्जुन बहादुर शाहीले आआफ्ना भनाइहरु राख्नु भएका थियो । कार्यक्रममा वडा नगर जनप्रतिनिधिहरु, पुर्ब प्रधानाध्यापकहरु,संघसस्थाहरु, विद्यालयका प्रअहरु राजनीति दलहरुका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

कार्यक्रममा अन्तर सदानात्मक समूहबाट नृत्य नाटक कबिता बाचन लगायत सास्कृतिक कार्यक्रम रहेको थियो भने २०७७ सालको शैक्षिकशत्रको कक्षागत नतिजाको पुरस्कार बिधालय लाई सहयोग गर्नेका लागि सम्मान पत्र प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्त्ब्य नि.प्रधानाध्यापक रमेश कुमार लामिछानेले गर्नु भएको थियो भने स्वागत गित बिद्यार्थी भाइबहिनीहरुबाट भएको थियो । कार्यक्रम समापन बिधालय ब्यबस्थापन समितीका अध्यक्ष तथा सभाअध्यक्ष प्रकाश डिसिले गर्नुभएको थियो । कार्यक्रम संचालक शिक्षक दिनेश शर्मा र सास्कृतिक कार्यक्रम संचालन रमेशकुमार लामिछानेले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here