भेरीगंगा, कार्तिक २२- भेरीगंगा जेसीज बर्ष २०२१ को आयोजनामा तिहारको समयमा खेलिएको देउसीभैलोबाट संकलित रकम आफ्नो भवन निर्माणमा खर्च गर्ने भएको छ । तिहारको अवधिमा भेरीगंगा नगरका ७४ वटा घरमा खेलिएको देउँसीभैलोबाट संकलित दुई लाख २२ हजार ५७३ रुपैँया संकलन भएको थियो ।

उक्त रकम जेसीजको भवन, ईलाईब्रेरी निर्माण र नगरका पुरानो कला सस्कृति संरक्षणमा खर्च गरिने निर्णय भएको भेरीगंगा जेसीज २०२१ का महासचिव नवराज कार्कीले बताउनुभयो । भेरीगंगा जेसिजका सदस्यहरुको सहभागीतामा संचालित देउसीभैलो रकममा सहभागीलाई आयोजकले पत्रकार सम्मेलनमार्फत धन्यवाद समेत दिएको छ । यस्तै जेसीजको भवन निर्माण, ईलाईब्रेरी स्थापनाका लागि आर्थिक सहयोग गर्न समेत सबैलाई भेरीगंगा जेसीजले आग्रह गरेको अध्यक्ष रामु सुवेदीले बताउनुभयो ।

भेरीगंगा जेसीजले चालू आर्थिक बर्षमा भवन, इलाइब्रेरी निर्माणका साथै पुरानो कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने तयारी गरेको छ । देउसीभैलो रकमबाट भवन निर्माण तथा इलाइब्रेरी निर्माणमा प्रयोग गरिने पत्रकार सम्मेलन मार्फत भेरीगंगा जेसीजका अध्यक्ष सुबेदीले जानकारी गराउनु भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here