बनगाड लोक साहित्य महोत्सव सम्पन्न

0
378

हरि रोकाय, चैत १६- हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान भन्ने नाराका साथ संचालित बनगाड लोक साहित्य महोत्सव सम्पन्न भएको छ । सल्यान कला साहित्य परिषद्को आयोजना र बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा आयोेजित बनगाड लोक साहित्य महोत्सव २०७८ सम्पनन भएको हो ।

बनगाड कुपिण्डे नगरपालिका भित्र रहेका नवसर्जक,प्रतिभा र लोपोन्मुख मौलिक संस्कृतिलाई आग्रासर राखेर आयोजना गरिएको लोक साहित्य महोत्सवमा स्थानीय तीन दर्जन नव प्रतिभाको सहभागीता रहेको थियो । महोत्सवमा स्थानीय सर्जकहरु क्लब, आमा समूह स्कुल र राष्ट्रिय स्थापित कवि, गजलकार, राष्ट्रिय लोकदोहोरी गायकगायिका, हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियोे । दुई दिनसम्म चलेको ’बनगाड लोक साहित्य महोत्सव २०७८’’ मा ’सल्यान पाचौँ गजल महफिल’ शृङ्खलामा गजलकार लोकेश जलन र सुमन स्मारिका रहनु भयको थियो भने महफिल सहजिकर बरिष्ठ गजलकार तथा कवि बाबु त्रिपाठीले गर्नुभएको थियो । उक्त कार्यक्रममा ’सल्यान कविता कन्सर्ट’मा कवि बाबु त्रिपाठी र खड्ग शाही, गायक गोपाल नेपाल जि एम, हास्य कलाकार कुलबहादुर वलि, गायिका चन्द्रकला कँवर, केशरी घर्तीको प्रस्तुति रहेको थियोे । स्थानीय सर्जक प्रतिभाहरु र विभिन्न क्लब, आमा समूहहरुले गजल, मुक्तक, कविता, नृत्य, कमेडि, सिगारु, झाफ्रे, मयुर, ठाडिभाका, बनगाडि टप्पा, लहरे नाच आदि प्रस्तुत गर्नु भयको थियोे । सल्यान मुक्तक किङ २०७८ ’ बन्न सफल मुक्तककार कल्पना परिवार र सुनिल राना बिरहीलाई मुक्तक मुशायरामा राखिएको थियो भने कलाकारीता र साहित्यमा अमुल्य योगदानको कदर गर्दै २ जना व्यक्तित्व प्रेमदेव गिरी र भक्तराज परिवारलाई सम्मान गरिएको थियोे ।

बनगाड कुपिण्डे नगरपालिका पालिका प्रमुख गोविन्द कुमार पुन, विशिष्ट अतिथि ,साहित्यकार, विभिन्न झाकिहरु सहितको ¥यालि सहित मञ्च प्रवेश गरेर परिषद्का अध्यक्ष भरत रोकायको सभाध्यक्ष बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द् कुमार पुनको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा नगर प्रमुखज्युले ब्यानर पढेर महोत्सवको उद्घाटन गर्नु भएको थियो । कला साहित्य र लोपोन्मुख हुँदै गएको स्थानिय साँस्कूतिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमको आयोजन गरेकोमा परिषद्लाई धन्यवाद दिदै आगामी दिनमा पनि पालिकाको साथ सहयोग रहने प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुनले आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here