पुर्वी सुर्खेतमा तीजको रमझम र चहलपहलले रौनकता

0
572

दिलिप ढकाल, सुर्खेत भदौ १३- हिन्दु नेपाली हरुको महान पर्ब हरितालिका तिजको अबसरमा गाउ–घर तथा शहर बजारमा नाचगान तथा रमाईलो सुरु भएको छ । तिजको अबसरमा स्थानिय तहले त झन् सास्कृतिक कार्यक्रम को पनि आयोजना गर्ने गरेका छन् । तर यसरि नाचगान तथा मेला महोत्सबमा पुरानो रिति रिवाज तथा चालचलन हराउदै गएको मा बुढापाका हरु भने खुसि छैनन् । गाउघरमा उमेरले बुढा देखिने हजुर बुवा हजुर आमा त झन् पहिलाको र अहिलेको नाचगान र गित संगीतमा धेरै फरक भएको बताउछन् ।

पहिलेका गित संगीतमा बर्षदिनमा आउने चाडपर्बको मौका छोपी चेलिबेटीले आफ्नो दुख पोख्ने गरेका हुन्थे तर अहिलेका गीतमा त नारिहरुको कुनै पिडा तथा दुख नसमेटिने गरेको भेरिगंगा नगरपालिका ८ कि ७० बर्षिय हरिकला बुढाले बताउनु भयो । त्यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का सन्त डाँगीले पनि पहिलाको तिज गित जस्तो अहिलेको गीतमा मौलिकता नभेटिने गरेको बताउनु हुन्छ । साथै पहिला रअहिले चाड पर्ब मनाउने चलन पनि फरक भएको बुढापाकाले बताउने गरेका छन् । यसै बीच पछिल्लो समय चाड पर्ब मनाउने नाममा असभ्य ,असोभनिय तथा समाजमा अपाच्य गति–बिधि बढेको भन्दै स्थानिय सरकारले चाडपर्ब लाई मौलिकताको रुपमा मनाउन समेत आग्रह गरेका छन् ।

विभिन्न वडा तथा नगरपालिकाले सूचना जारि गर्दै समाजमा शान्ति सुरक्षा र मौलिकताको बाताबरण श्रीजना गर्न समेत आग्रह गरेका छन्। साथै राति ८ बजे सम्म मात्र पसल खुल्ला गर्न, राति १० बजे सम्म मात्र नाचगान तथा मनोरन्जन गर्न र ठुलो आवाजमा डेग तथा स्पिकर नबजाउन समेत आग्रह गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here