नेपालगन्ज शहर (कविता)
कविः टेकेन्द्र बस्याल, नेपालगन्ज, बाँके
शिरमाथि निलो आकाशगंगा
आकाशगंगामा झिलमिल झिलमिल तारा
जुनताराहरुको माँझ मुस्कुराउँदै छ, चन्द्रमा
लाग्दैछ आज नेपालगन्ज सुन्दर छ धर्तीसारा
रात छिपिदैछ, बिजुलीको तिरमिर चारैतिर
रातो, निलो, पहिलो बत्ती चम्कियो घरभर
फुच्चे भुईतलो, बडोमानको पाँचतले घर
तारा, जुन, बिजुलीको मधुरमा मातिएको शहर
शहरको भित्री गल्लीहरुमा सजिएका जोडि बरपिपल
बैशाख, जेठको खुल्ला आकाश छ, शान्त र शितल
खेतबगर ढाक्दै आकाशतिर लम्कदै छन् घरमहल
नेपालगन्जसंगै हास्ने आहा ! उत्तरका पहाल हिमाल
सुन्दर, जवान ठिटीठिटाहरु मौन लजाउने शहर
हिन्दु,मुस्लिम,बौद्ध,इसाई,शिख अटाउने शहर
रातीतलाउ, महेन्द्रपार्क घुम्र्नेपर्ने बागेश्वरी मन्दिर
घामपानी,चिसोतातो छल्दै सद्भावले नेपाल चिनाउने शहर ।।
Facebook Comments