तेस्रो लेकमालारानी गुफा मेला शिवरात्रीमा संचालन हुँदै

0
497

हुमबहादुर कार्की फागुन १५ – गुर्भाकोट नगरपालिका वडा न.२ स्थित लेकमालारानी गुफा ऐतिहासिक धार्मिक मेला फागुन शिबरात्रीको अबसर पारी सञ्चालन हुने भएको छ । हरेक बर्षझै यो बर्ष पनि फागुन १७ मंगलबार शिबरात्रीका दिन मेला संचालनको तयारी सुरु भएको हो ।

ऐतिहासिक गुफा हाम्रो आधार आर्थिक सामाजिक र पर्यटन को पुर्बाधार भन्ने मुल नाराका साथ यस बर्ष पनि मेला लाग्ने भएको छ । ऐतिहासिक गुफा भेटिएको बि.स.२०७५ सालको फागुन शिबरात्रीको अबसर पारी यो बर्ष तेस्रो पटक मेला सञ्चालन हुन लागेको हो । महोत्सवका लागि तयारी थालिएको छ । शिबरात्रीका दिन शिव भगवानको पुजा आराधाना गरि आशिर्वाद लिने तथा अबलोकन गर्न पबित्र स्थलमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

मालारानी गुफा महोत्सवमा आफुले सोचेको काम पूरा हुने शक्ति मिल्ने गुर्भाकोट वडा न. २ का वडा अध्यक्ष नोखबहादुर वलीले बताउनु भयो । उक्त मेला गुफा मुल समितिको आयोजना मा हरेक बर्ष सञ्चालन हुने गरेको छ । गुर्भाकोट वडा न.२ को वडा कार्यलयको समन्वयमा हुने मेलाको मिडिया प्रचारप्रसारमा मालारानी टेलिभिजन र बिजी एफएम रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here