गुर्भाकोटकी लोकगायिका दिलमायाको निधन

0
407

गुर्भाकोट, असार १२ -सुर्खेती गुर्भाकोटकस् लोक गायिका दिलमाया सुनार माठमाडौंमा आफ्नो डेरामा मृत फेला परेकी छन् । सुर्खेत गुभर्चााकोट १४ गुमी स्थायी घर भएकी ३० वर्षीय सुनार शनिबार काठमाडौं आफ्नो डेरामा मृत फेला परेकी हुन् ।

घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान सुनारको कोठामा पुगेका व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । लामो समयदेखि लोक संगीतमा सक्रिय सुनारका केही गीत सार्वजनिक छन् भने उनी लाइभ दोहोरीबाट लोकप्रिय भएकी थिइन् । सुनारको गत वर्ष सार्वजनिक भएको देउसी भैलो गीत धेरैले मन पराएका थिए । मृतक सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटक सहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन् ।

एनले फेसबुकबाट आफ्नी आमा, दिदी बहिनी, छोरालाई सम्झिँदै माफी मागेकी थिइन् । साथै आफूसँग पैसा नभएकाले आफ्नो पोस्टमार्टम पनि नगर्न उनले अनुरोध पनि गरेकी थिइन् । यो आत्महत्या हो की हत्या भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here