कार्तिक पुर्णीमामा गुर्भाकोट खरिगैरा मेला तयारी सूरु

0
810

हुमबहादुर कार्की, कार्तिक १८ – गुर्भाकोट नगरपालिका वडा न.२ स्थित जनज्ञान भण्डार मावि कोटखोलाको प्राङ्गणमा बिगतदेखि लाग्दै आएको ऐतिहासिक खरिगैरा मेला यसबर्ष कार्तिक शुक्ल पुर्णीमा २२ र २३ गते लाग्ने भएको छ । कला र सस्कृतीको हाम्रो पहिचान, संरक्षण र सम्बद्र्धनका लागि मालारानीको अभियान भन्ने उद्देश्यका साथ गुर्भाकोट २ वडा कार्यलयको आयोजनामा र माबि कोटखोलाको समन्वय तथा ऐतिहासिक खरिगैरा मेला ब्यबस्थापन समितिको सह–आयोजकमा मेला सुरु हुन लागेको हो ।

मेलामा स्थानीय कृषि उत्पादनको प्रदशनी लोक सस्कृती झ्याउरे, टप्पा सोरठी कुर्कुटी लगायत स्थानीय कलाको प्रदशनी लगायत ऐतिहासिक मालारानी गुफाको अबलोकनका लागि ब्यबस्था भएको मेला ब्यबास्थापन समितीले जानकारी दिएको छ । ऐतिहासिक खरिगैरा मेला २०२९ सालदेखि सोही स्थानमा आफ्नै प्रम्परागत रुपमा लाग्दै आइरहेको र यस मेलाले टाढाटाढा भएका इष्टमित्रहरुसंग भेटघाट गराउने भएकाले यस मेला पनि एक महत्त्वपूर्ण चाड पर्बको रुपमा सञ्चालन हुँदै आएको स्थानिय खिमानन्द ढकालले बताउनु भएको छ । ऐतिहासिक खरिगैरा मेला लाई अबका दिनमा महोत्सवको तरिकाले सञ्चालन गरि यस स्थानको पहिचान गराइ यसै स्थानको आर्थिक उन्नति बढाउन सकिने समेत बताउनु भएको छ । मेलालाई सञ्चालन गर्न नीति नियम उद्देश्य र ब्यबस्थित तरिकाले शान्ती सुरक्षा अपनाउदै स्वमसेबकको परिचालन गरि सुसम्पन्न गर्न मेला समितीलाई वडाअध्यक्ष नोखबहादुर वलिले अनुरोध गर्नु भएको छ । यसैगरि बिध्यालयको प्राङ्गणमा मेला लाग्ने भएकाले बिद्यालय भित्रका भौतिक संरचना टुटफुट नहुने र हरित कार्यका लागि लगाइएका बिरुवाहरुको कुनै असर नहुने गरि मेला लगाउन मेला समितीलाई बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रकाश डिसिले अनुरोध गर्नु भएको छ ।

ऐतिहासिक खरिगैरा मेलामा स्थानीय बासिहरुलगायत सल्यान सुर्खेत दाङ बाके र बर्दियाबाट ब्यापारी तथा मेला हेर्न मानिसहरु आउने गरेको पाइन्छ । मेला कार्तिक २२ गते पुर्णीमाको दिन साझबाट सुरु भै भोलिपल्ट कार्तिक २३ गते साझसम्म लाग्छ । यो वडामा यसैगरि शिव रात्रीको अबसर पारि ऐतिहासिक लेक मालारानी गुफा धार्मिक महोत्सव पनि लाक्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here