कर्णालीको बहुप्रतिभाको धनी कलाकार प्रेम परियार सदाका लागि अस्ताए

0
1025

सृजना बारघरे, साउन २६- प्रेम परियार कर्णाली प्रदेशका उर्जावान र बहुप्रतिभाका धनी कलाकार थिए । यो क्षेत्रमा हुने हरेक मेला, महोत्सव, सांगितिक कार्यक्रम, कलाकार जमघट, चाडपर्वमा आयोजनित सांगेतिक कार्यक्रममा उनी छुट्दैन्थे र आयोजकले छुटाउदैन्थे। उनले प्रस्तुति गर्ने गीतहरुका नृत्य, स्टेजबाट दर्शक हसाउने कला, सांगितिक कार्यक्रममा बजाउने बाजाहरु बजाएर उनले सबैको मन मस्तिष्क जितिरहेका थिए। राजधानीबाट स्थानीय स्तरमा आउने कलाकारको नजरमा समेत उनको प्रतिभा पर्थ्यो। विगत दस बर्षदेखि स्टेज, कार्यक्रमबाट दर्शक, श्रोता, साथीभाई, सहकर्मी, कलाकारहरुको तनमन जित्दै आएका बहुप्रतिभाका धनी कलाकार प्रेमले अहिले भने क्यान्सर रोगबाट आफुलाई जित्न सकेनन् र सदाका लागि अस्ताए।

प्रेम परियार भाइ बाध्यबाधन, हास्यकलाकार, डान्सर मात्र नभई समेत कलाकारीतामा फिट र सफल थियोे, कलाकार धनराज चुनारा बताउनु हुन्छ। काठमाडौ समेत बसेर गमेत प्रेमले कलाकारिता गरेका थिए, स्थानीय मेला, महोत्सवमा धेरै विधामा उसको प्रतिभा देख्न पाईन्थ्यो चुनारा भन्नुहुन्छ। लोकदोहोरीमा नृत्य, मादल, पञ्चेबाजा , गितार बजाउन र स्टेजमा हास्य कलाकार थिए, गायक धनराज चुनाराले बताउनुभयो ।

उनै भेरीगंगा ४ निवासी प्रेम परियार अव भने यो क्षेत्रमा जिवत छैनन्। उनी उपचारकै त्रममा बिहिबार सदाका लागि अस्ताएका छन्। आर्थिक अबस्था कमजोर भएकाले बिगत दुई बर्षदेखि क्यान्सर रोगसँग लडिरहेका भेरीगंगा र ४ बाउनचौरका २८ बर्षिय प्रेम परियार अस्ताएसंगै यो क्षेत्रको कलाकारितामा एउता चम्किलो तारा अस्तायो ।

आर्थिक अभावका कारण ढिलो उपचार सुरु भएको तर उपचारका त्रममा बिहिबार बिहान करिव ५ बजेको समय मृत्यु भएको छ ।आर्थिक अभावमा उपचार हुन नसकेपछि आर्थिक संकलन अभियान सन्चालन गरिरहेको बेला परियारको मृत्यु भएको हो । आर्थिक अवस्था कममजोर रहेको परियारको परिवारलाई क्यान्सरको उपचार गराउने रकम नभएपछी उनका आफन्त र स्थानीयवासिले आर्थिक संकलन अभियान सुरु गरेका थिए ।

अभियान अन्तर्गत रकम संकलन भए पनि परियारलाई बचाउने प्रयास असफल भएको छ । परियारला उपचारका लागि भारत लैजाने तयारी रहेको थियो । उनको उपचारमा विभिन्न क्षेत्रबाट लाखौ रकम संकलन भैईरहेको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here