आठ कलाकारको स्वरमा मौलिक तिज उहिलेका भाकाको चर्चा

0
300

काठमाडौ, साउन २४- नेपाली हिन्दु नारीहरुको महान पर्व तीज २०७९ को चहलपहलका बिचमा यतिबेला नेपालका ख्याति प्राप्त आठ जना कलाकारले गाएको “उहिलेका भाका” चर्चामा आएको छ। गीत सार्वजनिक भएको दिनदेखि तीजको मौलिकता, सस्कृति र वास्तविकता उजागर गरेको भन्दै गीतका गायन, संगीत, शब्द, स्वर, छायांकनको तारिफ सुरु भएको हो ।

यो तीज तीतमा गायिकाहरु गायत्री भण्डारी, जुनु रिजाल, लक्ष्मी मल्ल भण्डारी, मान्डवी त्रिपाठी, सारिका घिमिरे, रामचन्द्र काफ्ले र श्रीकृष्ण बम मल्लको स्वरसंगै अभिनय रहेको छ। तीज गीत ‘उहिलेका भाका’को भिडियो सार्वजनिक भएसंगै विदेशका नेपालीहरुले गीतको तारिफ र प्रशंसा गरेका छन् । ७० बर्षीया गायत्रीको भण्डारीको स्वरको पनि चर्चा भैईरहेको छ। यस गीतमा गायकगायिका जुनु रिजाल, लक्ष्मी मल्ल भण्डारी, मान्डवी त्रिपाठीका अलावा रामचन्द्र काफ्ले, श्रीकृष्ण बम मल्लको स्वरमा मौलिक तिजका शब्दहरु सुन्न सकिन्छ ।                                                                                 गीतमा गायक काफ्लेको संगीत छ भने शब्द श्रीकृष्ण बम मल्लको छ । युट्युबमा समेत अपलोड भइसकेको गीतको म्युजिक भिडियोमा पल्पसा डंगोल, सविता गुरुङ, करिश्मा ढकाल, इरोना मल्ललगायत कलाकारको अभिनय हेर्न पाइन्छ । गायिका गायत्री भण्डारी आँफैमा ७० वर्ष पूरा हुँदा पनि उनको जोश र जाँगर देखेर सबैले उनको कामको तारिफ गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here