नेपालगन्ज, भदौ २५- बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराजको प्रयासमा चालू आर्थिक बर्षमा बाँकेका मधेशी बस्तीमा ६ करोडको योजना पारिएको छ ।
मधेशका बस्तीका विद्यालय, मदरसा, सडकबाटो, भवन र आवास निर्माणमा ५ करोड ८० लाख रकम विनियोजन भएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत तराई मधेस समृद्धि कार्यक्रमबाट बाके जिल्लामा ५ करोड ८० लाख बिनियोजन गरिएको हो । प्रतिनिधि
सभा सदस्य महेश्वर गहतराजको प्रयासमा उक्त बजेटसहितको कार्यक्रम पर्न सफल भएको हो । उनको पहलमा निर्वाचन क्षेत्र न.१ मा २ करोड ६५ लाख बजेट परेको छ ।
विनियोजित रकमबाट बाँकेका मधेशका बस्तीमा परिवर्तन आउने विश्वास गरिएको छ ।
Facebook Comments