गुर्भाकोट, सुर्खेत – गुर्भाकोटमा राउटे युवती यौन दुराचारमा परेको विषयपछि आजित राउटे समुदाय सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट सल्यानको कालीमाटी गाउँपालिका सरेका छन् । ंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेतबाट सल्यानमा स्थानान्तरण भएका हुन् । बस्ती सार्ने क्रममा झन्डै १० वर्षपछि उनहिरु सल्यान पुगेका हन् ।


पहिले सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे विगत १० वर्षयता सल्यान फर्केका थिएनन् । बुधबार गुर्भाकोट नगरपालिका ११ बाट सल्यान जिल्लाको कालिमाटि गा.पा. वडा न ५ को काल्चेमा सरेका हुन् । फिरन्ते राउटे जाति बासस्थान बनाउदै स्थान्तरण भएका हुन् । बुधबार कालीकमाटी गाउँपालिकाको जनप्रतिनधी र कर्मचारी टिम राउटे बस्तीमा पुगेर बाँस ब्यबस्थापन र खानेपानी व्यवस्थापन गरिएको कालीमाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । राउटे मुखिया लगायतसग छलफल तथा समन्वय पालिकाबाट खानेपानिको पाईत वितरण गरि पानिको मुलदेखि बस्तिसम्म पानी पु्याई सहज अवस्था बनाईएको उनले भने । सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायले मंगलबार सल्यानको कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका छन् । राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन्। लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय अहिले करिब १ सय ५० जना जती छन् । सामान्यतया कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँबस्तीका मानिसहरुसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन् ।

जंगलमा बसोबास गर्ने राउटेहरु पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन्। जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको शिकार बन्दै गएका छन्। गुराँस गाउँपालिका दैलेख स्थायी ठेगना भएका राउटेहरु सुर्खेत र दैलेखका विभिन्न स्थानमा बसाँइ सर्दै आएका थिए । राउटे बस्ती बसेको ठाउँमा कुनै घटना भएमा अन्य ठाउँ बसाइसर्ने उनीहरुको चलन छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here