३९ लाखमा बडाखोलीमा स्वास्थ भवन बन्दै

0
211

हेमन्त डिसी, गुर्भाकोट सुर्खेत-  गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोलीमा आधारभुत स्वास्थ सेवा भबनको निर्माण सुरु भएको छ। शनिबार नगर प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले भवनको सिल्यान्यास गरेसंगै निर्माण थालिएको हो ।

नगरको चालु बर्षको ससर्त स्वास्थ बजेट ३९ लाखमा गुर्भाकोट वडा नम्बर ६ बडाखोलीमा उक्त भवन बन्न लागेको हो । नगरमै सबैभन्दा ठुलो आधारभुत स्वास्थ सेवा भबन बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । भवन निर्माण कार्य सुरु भएकोले छिटै काम सक्ने मेयर पुनले जानकारी दिए।

भवन निर्माणपछि वडा नम्बर ६ र आसपासका वडाबासीले सेवा पाउने अपेक्षा गरिएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here