कोरोना डायस्पोरा र रोकथाममा नेपाल

0
303

प्रारम्भिक आँकडाअनुसार नेपालमा लकडाउनको सुरु समयमा भारतबाट मात्र ३ लाख नेपाली भित्रिए । हजारौँको सङ्ख्यामा नेपाल सीमापारि भारतीय भूमिमा लकडाउनको स्थितिमा बस्न बाध्य छन् । सन् २०२० को अन्त्यसम्ममा भारतबाट भित्रिने यो सङ्ख्या थप ५ लाख हुने अनुमान छ । त्यसैगरी सोही अवधिमा मेलसिया र खाडीमुलुकबाट यसरी नै नेपाल भित्र्याउनुपर्ने यस्तो सङ्ख्या २ लाख ५० हजारदेखि ३ लाखको हाराहारीमाहुने अनुमान छ । उता पढाइ र कामकै सिलसिलामा विकसित भनिएका देशहरूबाट फर्कन बाध्यहुने नेपालीको सङ्ख्या १ लाख नाघ्ने अनुमान छ । यसरी सन् २०२० को अन्त्यसम्ममा विभिन्नकामले विदेशिएका १२ लाखभन्दा बढी नागरिक कोरोना सङ्क्रमणका कारण नेपाल फर्कन बाध्यहुने अनुमान छ । जुन ठूलै चुनौती हो ।

यता देशभित्रै सङ्क्रमण सुरुभएको चार महिनालाग्दा नेपालमा सङ्क्रमितको सङ्ख्या ५० नाघेपछि अब यो देशपनि कारोना महामारीबाट सितिमिति उम्कन सक्ने अवस्थामा रहेन । सङ्क्रमण तीव्र हुने देखेपछि सरकारले २०७६ फागुन १८ गते नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी कोरोनाबारे चेतना फैलाउने, सीमाबन्द गर्ने, सङ्क्रमित पहिचान गर्ने, पहिचानभएकाको उपचार गर्ने, विदेशबाट आएकालाई आइसोलेसनमा राख्ने,शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने तथा सङ्क्रमण नफैलियोस् भनेर लकडाउन गर्ने र यसैका आधारमा अत्यावश्यक बाहेकका कार्य स्थगन जस्ता व्यवस्था भइआएका छन् ।

दक्षिण एसियामा कोरोना प्रभाव
कोरोना सङ्क्रमणका हिसावले दक्षिण एसियाका ८ मुलुकमा भारत सबैभन्दा बढी प्रभावित हो । करिव एक महिनाअघि सम्म सामान्य अवस्थामा नै रहेको भारतमा यो लेख तयार पार्दासम्म२० हजारभन्दा बढी संक्रमित भएका छन् ।‘जति बढी टेस्ट, त्यति नै बढी संक्रमित’भन्नेतथ्यलाई भारतले सावित गरेको देखिन्छ जहाँ ४ लाख ४७ हजार भन्दा बढी नागरिकको कोरोना टेस्ट भएकोपाइएको छ । यद्यपि जनसङ्ख्याका हिसावले प्रति १० लाखमा यो दर केवल ३२५ मात्र हुन आउँछ । यस क्षेत्रमा दोस्रोमा पाकिस्तान छ जहाँ ९हजार ५०० भन्दा बढी प्रभावित हुँदा २०१ ले ज्यान गुमाएका छन् ।

सन् २०२० को अन्त्यसम्ममा विभिन्न कामले विदेशिएका १२ लाखभन्दा बढी नागरिक कोरोना सङ्क्रमणका कारण  बाध्य हुने अनुमान छ । जुन ठूलै चुनौती हो ।

सङ्क्रमण फैलावटका आधारमा तेस्रो प्रभावित मुलुक बंगलादेश हो जहाँ ३ हजार ३०० भन्दा बढी संक्रमित रहँदा २९ हजार ५०० कोहाराहारीमा कोरोना टेस्ट भएको देखिन्छ ।यस देशको प्रति १० लाख टेस्ट दर १८० मात्र छ जो जनसङ्ख्याका आधारमा अत्यन्त न्यून हो । चौथो मुलुक अफगानिस्तानमा १ हजार १ सयको हाराहारीमा संक्रमित रहँदा यस देशले केवल ६ हजार ४०० कोहाराहारीमा टेस्ट गरेको छ । त्यस्तै श्रीलंकामा ३१० संक्रमित भइसक्दा पनि केवल ७ हजारको हाराहारीमा मात्र टेस्ट भएको पाइन्छ ।

नेपालको कोरोना रोकथाम र नियन्त्रण अवस्था
नेपालमाभने उदयपुरमा समुदायस्तरसम्म कोरोना सङ्क्रमण फैलेको सन्देश दिँदै ४२ जना सङ्क्रमित पाइँदा ३६ हजार भन्दा बढी नागरिकको टेस्ट भइसकेको छ जो नेपालमा सङ्क्रमण सुरु हुँदा भित्रिएका लाखौँ नागरिकको सङ्ख्याकाआधारमा निकै कम हो । यद्यपि दक्षिण एसियाका अन्य मुलुकका तुलनामा प्रति १० लाखमा टेस्ट दर १०१५ देखिनुले प्रगति भन्न सकिन्छ । जनसङ्ख्याको हिसावले भारतको हकमा प्रति १० लाखमा यो दर केवल ३२५ हुनु, बंगलादेशमा १६५र पाकिस्तानमा प्रति १० लाख सङ्क्रमित द र५०६ हुनुुले नेपालमाभन्दा ठूला जनसङ्ख्या भएका यी देशको टेस्ट दर निकै कम हो भन्न सकिन्छ । नेपालभन्दाकम जनसङ्ख्याभएको श्रीलंकाकोे प्रति १० लाख टेस्ट दर केवल ३१७ देखिनुले स्रोत र साधनका अभावबीच नेपालको टेस्टमा सन्तोष गर्नुपर्ने देखिन्छ । जनसङ्ख्याको हिसावले १० लाखभन्दाकम नागरिक रहेका भुटान र माल्दिभ्समा भने टेस्ट दर उच्च छ ।

उच्चसङ्क्रमिततीन देशको कोरोना सङ्क्रमण अवस्था
(तथ्याङ्क संकलनमिति : २०७७ वैशाख१०गते, स्रोत– वल्डोमिटर)

उच्चसङ्क्रमिततीन देशको कोरोना सङ्क्रमण दर हेर्दा सबैभन्दा प्रभावित भएको मुलुक अमेरिकमाप्रति १० लाखटेस्ट दर १२हजार २६५ छ तर अमेरिकाको तुलनामा इटलीको सङ्क्रमणकम भएपनि यस देशको टेस्ट दरभने अमेरिकाको भन्दा झण्डै डबल देखिन्छ । उता स्पेनको यो दर १९ हजार माथि छ । प्रति १० लाख मृत्युदरमा स्पेनको सबैभन्दा बढी ४४१ छ भने अमेरिकाको मृत्युसङ्ख्या बढी भएपनियो दर १३७ मात्र देखिन्छ । उता इटलीको ४०८छ । दक्षिण एसियामा सबैभन्दा बढी प्रति १० लाख मृत्युदर अफ्गानिस्तान र पाकिस्तानको ०.९ देखिनुले कारोनासङ्क्रमणका कारण मृत्यु हुनेमा युरोपियन र अमेरिकन मुलुकको तुलनामा दक्षिण एसियाको मृत्युदर निकै कमहो भन्न सकिन्छ तथापि यो अवस्था स्थायीरूपमा रहन्छ भन्ने चाहिँ होइन ।

सङ्क्रमण रोकथामकालागि तत्काल गरिनुपर्ने 
सङ्क्रमणका हिसावले नेपालको स्थानसमुदायमा फैलिएर तेस्रो स्थानमा पुगेपछि अबका दिनमा भयाबह अवस्था आउनेतर्फ सचेत हुन जरुरी भयो । सङ्क्रमण रोक्ने उत्तम उपाय लकडाउन त हुँदै हो तथापि यसका साथसाथमा गरिनु पर्ने अन्यकार्य उत्तिकै महत्वपूर्ण छन् । भारतलगायत विदेशबाट आएका नागरिकको स्वास्थ्य परीक्षणलाई जतिसक्दो चाँडो सम्पन्न नगरेसम्म हाम्रोमा सङ्क्रमण अवस्था कस्तो छ भन्ने एकिन गर्न अझै गाह्रो छ । राहत वितरण, बाटामा अलपत्र परेका नागरिकलाई गन्तव्य स्थानसम्म सुरक्षित तवरले पुु-याउने व्यवस्था, जोखिमका हिसावले अतिसंवेदनशील ज्येष्ठ नागरिकको विशेष निगरानी पु-याउने संयन्त्र निर्माणका साथै अपाङ्गता भएका व्यक्ति, एकल महिला, विद्यालयको पठनपाठन छाडेर घर बस्न बाध्य बालबालिकाका लागि मानोसामाजिक परामर्श लगायतकाकार्यको व्यवस्था मिलाउनेतर्फ स्थानीय, प्रदेश र संघीय तीनै तहको समन्वायत्मक भूमिका आवश्यक छ । यसमा पनि विशेषगरी अनाथ आश्रम, बाल गृह, ज्येष्ठ नागरिक आश्रम तथा सेफ हाउसमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिलालाई सो क्षेत्रमाकार्य गर्ने सङ्घ÷संस्थासँग समन्वय गरी समस्याको स्थिति हेरेर स्वास्थ्य र राहतव्यवस्थापनका कार्यले प्राथमिकता पाउनुपर्छ ।

जीविकाको आधारशीलाकारूपमा रहेको खेतीप्रणाली नरोकिने वातावरण सिर्जना गर्न अभियान नै चलाउनुपर्छ । यसमाविदेशबाट आएकानागरिकलाई मुख्य मानवस्रोत मानी सरकारले उनीहरूलाई तलवीरूपमा बाँझो रहेका जग्गामा सामूहिक तथा उद्योग खेतीको अवधारणा अघि सार्न आवश्यक छ । कृषि, बीऊबिजनको व्यवस्थासहित कृषिक्षेत्रमा कार्य गर्ने सामाजिक तथा निजीसंघ÷संस्थाहरूसँग समन्वय गरी स्रोतसाधनको व्यवस्थापन र परिचालन गरिनु पर्छ । सामाजिक क्षेत्रमा क्रियाशील संघ÷संस्थालाई दातृसंस्थाको अभावमा आउन सक्ने सम्भावित समस्या र तिनमा कार्यरत पाँचलाखभन्दा बढी जनशक्तिलाई ती संस्थामा टिकाइराख्नका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा भएको रकम सामाजिक उद्यमशीलताको क्षेत्रमाखर्च गर्न पहलकदमी लिनुपर्छ । यी सबै कार्य गर्न स्थानीय, प्रदेश र संघीय तिनै तहका सरकारहरूको समन्वय अझै पनि खड्केको विषय छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here