स्वास्थ्यकर्मी मतदान केन्द्रमा खटिएपछि भेरीगंगाका बर्थिङ्ग सेन्टर खाली

0
309

भेरीगंगा, बैशाख २७- बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मी समेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ्ग सेन्टर खाली भएका छन्।

निर्वाचन समयमा कुनै गर्भवती केश आएमा प्रसुती सेवा दिन नसक्ने अवस्था समेत आएको छ। २४ घण्टा सेवा दिनुपर्ने ईमर्जेन्सी सेवामा पर्ने बर्थिङ्ग सेन्टर खाली हुदा यसले सुत्केरी अवस्थाका आमाहरुका लागि जोखिम बढाएको छ। भेरीगंगा नगरको मोहटी, छिन्चु, रामघाट, लेखपराजुल र मैनतडामा प्रसुती सेवा दिने बर्थिङ्ग सेन्टर रहेका छन्। मैनतडा बर्थिङ्ग सेन्टर बाहेक अरु सबै खाली भएको भेरीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले बताउनुभयो । बर्थिङ्ग सेन्टरका कर्मचारी खाली हुने गरि मतदान केन्द्रमा खटाउनु जोखिम निम्ताउनु र सुत्केरी आमाहरुका लागि दुर्घटनाको कारण बन्न सक्ने बुढाले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन कार्यलयले भेरीगंगा नगरका सबै आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ चौकी र बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाएको छ। अहिले बर्थिङ्ग सेन्टरमा ताला लगाएर कर्मचारी मतदान केन्द्रमा खटिएका छन्। यो अवधिमा सुत्केरी केश आएमा र समयमा सेवा नपाएर दुर्घटना भए कसले जिम्मा लिने ? स्वास्थ्य शाखा प्रमुख बुढाले प्रश्न गर्नुभयो । आफुले यो बिषयमा सरोकार निकायमा जानकारी गराएपनि सुनुवाइ नभएको उहाको भनाई छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here