विक्रम तिवारी भेरीगंगा, चैत ८- भेरीगंगा नगरपालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रको सहयोग र भेरीगंगा नगरपालिकाको आयोजनामा भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले सुर्ती जन्य पदार्थ नियन्त्रणमा नगरपालिका लागी पर्ने बताउनु भयो । कार्यक्रममा बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर भक्त बहादुर के.सी.ले नेपालमा २७ हजार बराबरका व्यक्तिलाई सुर्तीजन्य पदार्थका कारण मुटु संग सम्बन्धीत रोग लाग्ने गरेको जानकारी गराउदै वहाले सोही कारण २८ प्रतिशतको मृत्यू हुने बताउनु भयो । कार्यक्रमका वक्ताहरुले सुर्तिजन्य पदार्थ नियन्त्रणका विषयमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागी व्यापक अभियान संचालन गर्ने, सुर्ती जन्य पदार्थको नियन्त्रण तथा नियमनको लागी अध्ययन तथा अनुसन्धान गर्ने, भेरीगंगा नगरपालिकाका सम्पुर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गरीने लगाएतका १० बुदे प्रतिवद्धता समेत नगरपालिकाले जाहेर गरेको छ ।