संविधान दिवसमा जहरेबजार सरसफाई सम्पन्न

0
78

सृजना बारघरे, असोज ३ -७ औ संविधान दिवसको अवसरमा भेरीगंगा ९ जहरेबजारमा सरसफाई गरिएको छ । स्थानीय जहरे बजारमा संचालित मिरमिरे लघुबित्त बित्तीय संस्थाको आयोजनामा जहरे बजारको सरसफाइ गरिएको हो ।


सरसफाइ कार्यक्रममा मिरमिरे लघुबित्त बित्तिय संस्थाका कर्मचारी, वडा नम्बर ९ का वडाअध्यक्ष प्रेमबहादुर आग्री, वडासदस्य इश्वर पोखरेल, बजार ब्यबस्थापन समिति जहरेका अध्यक्ष बलबहादुर वली, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत स्थानीय व्यापारीहरुको उपस्तिथिती रहेको थियो । जहरे बजारको फोहोरमैला संकलन सहित सरसफाई गरिएको हो ।


फरक तरिकाले सरसफाईमा चेतना फैलाउने र नगर सरसफाईमा टेवा पुर्याउने उद्देश्यले सरसफाई भएको हो । मिरिमिरे वित्तिय सस्था जहरे शाखाको आयोजनामा सरसफाइ गरिएको बजार ब्यबस्थापन समितिका अध्यक्ष बलबहादुर वलीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here