लेकबेशीमा निशुल्क प्लाष्टिक सर्जरी सेवा सम्पन्न

0
96

दिपक बराल, भदौ २१- लेकवेशी नगरपालिका वडा न.४ दशरथपुरमा निशुल्क प्लाष्टिक सर्जरी सेवा छनोट कार्यक्रम सम्पन्न भएको छ । सेवा फाउण्डेशन र वयोधा अस्पतालको आर्थिक सहयोगमा अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतको आयोजनामा लेकवेशी नगरपालिका वडा न. ४ प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा आज सम्पन्न भएको हो ।

जन्मिदै ओठ तथा तालु, जिब्रो भन्दा माथी फाटेकाहरुका लागी, पहिले अप्रेसन गरेको ओठ नमिलेको, गिँजा र तालुमा प्वाल भएका अपाङ्गता भएका व्यत्तीहरुका लागी संचालन गरीएको निशुल्क प्लाष्टिक शल्यक्रिया छनोट कार्यक्रमबाट तिन जनाको चेकजाँच गरीएकोमा दुई जनालाई थप उपचारको लागि ी बयोधा अस्पताल काठमाण्डौ पठाईने सेवाफाउण्डेसनका संयोजक झक्कप्रसाड पोखरेलले जानकारी दिनुभयो । संयोजकज पोखरेलका अनुसार चिंगाड गाँउपालिकाको सामुदायिक स्वास्थ्य ईकाई धारखेत र भेरीगंगा नगरपालिकाको स्वास्थ्य चौकी छिन्चुमा आईतबार र सोमबार संचालन भएको छनोट कार्यक्रमबाट चारजना अपाङ्गता भएका व्यत्तीहरुले सेवा पाउने भएका छन् । जस मध्ये दुई जनालाई आफ्नो उपचारका लगाी यही २४ गते बयोधा अस्पताल काठमाण्डौमा लगिने भएको छ ।

अन्य दुई जनाको तौल र उमेर कम भएकोले थप उपचारको लागी केही समयपछि काठमाण्डौमा पठाईने संयोजकज पोखरेलले जानकारी दिनुभयो । यस्तै भदौ २२ गते गुर्भाकोट मेहलकुना अस्पतालमा, भदौ २३ गते गुर्भाकोट आधारभुत स्वास्थ्य केन्द्र बोटेचौरमा र भदौ २८ गते स्वास्थ्यचौकी राकम सिम्तामा संचालन हुने सेवा फाउण्डेशन अस्पतालले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here