रोकिएको मैनतडा स्वास्थ्य चौकी भवन निर्माण संचालनमा

0
124

भेरीगंगा, भदौ २८- गएको साउन महिनादेखि बन्द भएको मैनतडा स्वास्थ्य चौकी भवन निर्माण पुन सुरु भएको छ । बर्षातका कारण निर्माण कार्य रोकेको निर्माण कम्पनीले भदौ २५ गतेदेखि काम संचालन गरेको हो ।

भवन निर्माणको ठेक्का पाएको न्यु विशाल निर्माणले काम संचालन गरेको हो । निर्माण सेवाका प्रतिनिधी हेमकर्ण थापाले २५ गतेदेखि काम संचालनमा आएको जानकारी दिनुभयो । बर्षात, बाटो, मजदुरी र निर्माण सामग्री अभावले दुई महिनादेखि बन्द काम सुरु भएको थापाले भन्नुभयो । स्वास्थ्य चौकीको करिव ७० प्रतिशत काम सम्पन्न भएको छ । भवन निर्माणको आवश्यक कच्चा पदार्थ र सामग्री जम्मा भएको बताएको छ । भेरीगंगा ८ का वडाअध्यक्ष पुसे कामीले ठेकेदार र भवन निर्माणका कामदारले काम सूरु गरेको र ठेकेदार अहिले सम्पर्कमा रहेको बताउनुभयो । गएको बर्ष असोज गते भेरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित मैनतडामा स्वास्थ्य चौकी भवनको तत्कालिन मेयर भुपेन्द्रबहादुर चन्दले उद्घाटन गर्नुभएको थियो । नगरपालिकाको करिव २ करोडमा निर्माण हुने भवन दुई तले स्वास्थ्य चौकी भवन बन्न लागेको हो ।

स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए नगरबासीले सहज, छिटोचरितो र गुणस्तर स्वास्थ्य सुविधा पाउने छन् । भवन निर्माण कामको जिम्मेवारी न्यु विशाल निर्माण सेवाले १ करोड ३७ लाखमा ठेक्का पारेको छ । सम्झौता बमोजिम निर्माण सेवाले गत आर्थिक बर्षको असार मसान्तसम्ममा काम सक्नु पर्ने थियो । अहिले पुन छ महिनालाई म्याद थपेर काम सूरु भएको छ । नगरकार्यपालिकाको विशेष पहलमा नगरकै बजेटमा २ करोड बजेटमा स्वास्थ्य चौकी बन्न लागेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here