मालारानीमा क्षयरोगमुक्त बनाउन गोष्ठी सम्पन्न

0
119

हुमबहादुर कार्की, असार २ -गुर्भाकोट नगरपालिकाको आयोजनामा क्षयरोगमुक्त नगरपालिका अभियानका लागि सरोकारवालासंग छलफल सूरु गरिएको छ । बुधबार गुर्भाकोट २ स्थित मालारानी स्वास्थ्य चौकीमा वडास्तरिय एक दिने सूक्ष्म योजना गोष्ठी तालिम सम्पन्न भएको छ ।

कार्यक्रम कार्यपालिका सदस्य तथा वडासदस्य राधा ढकालको प्रमुख अतिथ्यमा भएको थियो । मालारानी स्वास्थ्य चौकीका इन्चार्ज निरक शर्माको सभाअध्यक्षतामा कार्यक्रम भएको थियो । यसैगरी गुर्भाकोट नगर स्वास्थ्य शाखाद्वारा क्षयरोग निर्मुल बारे जनप्रतिनिधि, शिक्षक , वडा कर्मचारी स्वमसेबिका, आमा समूह लगायत सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा हालसम्म गुर्भाकोट २ मा १० जनालाई क्षयरोग लागेको र उहाँहरुको उपचार पनि भईरहेको राधा ढकालले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा क्षयरोग सम्बन्धि जानाकारी तथा रोग निर्मुल गर्नाका लागि आबश्यक छलफल गरि यस वडाको प्रत्येक टोल बाट २० जना सदस्यीय गठन गरिएको पनि बताउनु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here