भेरीगंगा २ मा आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर

0
161

भेरीगंगा, जेठ ३१- भेरीगंगा नगरपालिका वडा नम्बर २ स्थित कालपानीमा एक दिने आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सम्पन्न भएको छ । मंगलबार आज एक कार्यक्रमका बिच स्वास्थ्य चौकी कालपानीमा निःशुल्क आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सम्पन्न भएको हो ।

कालपानी स्वास्थ्य चौकीमा आयोजिश शिविरमा प्रदेश आयुर्वेद चिकित्सालयका डा. यादव प्रसाद उपाध्याय, वनगाढ कुपिन्डे नगरपालिका आयुर्वेद शाखा प्रमुख हेमन्त चन्द, वराहताल गा.पा सिअहेव निर्मल कुमार रेग्मीको सहभागीता रहेको थियो । कार्यक्रममा भेरीगंगा २ वडाका जनप्रतिनिधीको सहभागीता रहेको थियो । लेखपराजुल स्वास्थ्य चौकीमा आयोजित शिविरबाट १५० जनाले निशूल्क आयुर्वेद स्वास्थ्य चिकित्सा सेवा पाएका छन् ।

मैनतडा आयुर्वेद सस्थाको आयोजनामा शिविर आयोजना गरिएको हो । शिविरमा सहभागीलाई चेकजाँचसंगै निशूल्क उपचार वितरण गरिएको मैनतडा आयुर्वेद स्वास्थ्य सस्थाका प्रमुख छविलाल खड्काले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here