भेरीगंगा, मंसिर १६- भेरिगंगा नगरपालिका वडा नम्बर १२ स्थित छिन्चुमा नागरिक आरोग्य सेवा क्लिनिक पुनः सञ्चालनमा आएको छ ।

कोभिड महामारी लगायत बिभिन्न कारणले स्थगन भएको नागरिक आरोग्य सेवा क्लिनिक पुनः सञ्चालनमा ल्याएको हो । भेरीगंगाको मैनतडा आयुर्वेद औषधालयले नगरको पश्चिममा रहेका वडाहरुमा आयुर्वेदिक उपचार सेवा दिन उक्त सेवा क्लिनिक संचालनमा ल्याएको मैनतडा आयुर्वेद औषधालयका प्रमुख छविलाल खड्काले जानकारी दिनुभयो ।

छिन्चुमा हरेक महिनाको १० र २५ गते सोव क्लिनिक संचालनमा आउने खड्काले बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here