भेरीगंगा र गुर्भाकोटमा आँखा शिविर बस्दै

0
400

जेवि सुनार कार्तिक १३ सुर्खेत- पुर्वी सुर्खेतका भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानमा मोतिविन्दुका विरामीहरुका लागी निशुल्क आ“खा शिविर सन्चालन हुने भएको छ । नेपाल नेत्र ज्योती संघ, फत्तेबाल आ“खा अस्पताल फुल्टेक्रा नेपालगंज र मेहेलकुना आ“खा अस्पतालको सयुक्त आयोजनामा यही कार्तिक १६ गते देखि २६ गतेसम्म शिविर सन्चालन हुनेछ ।

शिविरको पहिलो दिन कार्तिक १६ गते भेरीगंगाको रामघाट र लेकवेशीको दशरथपुर स्वास्थ्य चौकीमा, १७ गते भेरीगंगाको छिन्चु र मैनतडा स्वास्थ्य चौकीमा निशुल्क आ“खा शिविर बस्नेछ । त्यस्तै कार्तिक १८ गते गुर्भाकोटको दहचौर र गुमी स्वास्थ्य चौकीमा, १९ गते धारापानी स्वास्थ्य चौकी हिलेमा, २० गते गुर्भाकोट कै मालारानी र सहारे स्वास्थ्य चौकमा शिवीर सन्चालन हुनेछ । त्यस्तै गुर्भाकोटको घुमखहरे स्वास्थ्य चौकी र मेहेलकुना आ“खा अस्पताल मेहेलकुनामा कार्तिक २१ शिविर सन्चालन हुने छ । निशुल्क मोतिविन्दु अप्रेशनका लागी शिवीरबाट छनौट भएका विरामीहरुको कार्तिक २४ गते देखि २६ गतेसम्म मेहेलकुना आ“खा अस्पतालमा निःशुल्क अप्रेसन गरिनेछ ।

शिवीरमा आ“खा चेकजा“चका लागी विहान १० वजेदेखि दिउसो २ बजेसम्म निःशुल्क नाम दर्ता गर्ने व्यवस्था मिलाईएको छ भने तेज कोहली एण्ड रुईत फाउण्डेसन काठमाण्डौले शिवीरको सहकार्य गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here