भेरीगंगा युवा संघद्धारा राहात वितरण

0
304

भेरीगंगा, बैशाख १६ – सुर्खेतको भेरीगंगा नगरपालिकामा बस्दै आएका अति बिपन्न घर परिवारलाई भेरीगंगा नगरपालिकाका केहि राष्ट्रिय युवा संघ नेपालका युवाहरुले राहत बितरण गरेका छन । राष्ट्रिययुबा संघका केहि युबाहरुले आर्थिक संकलन गरी भेरीगंगाका बिभिन्न वडाका २१२ अति बिपन्न घर परिवारलाई राहत बितरण गरेको हो ।

भेरीगंगा नगरपालिका वडा नम्बर ९ बाट २९ घरधुरी, वडा नं ६ बाट ५६ घरधुरी, वडा नं ११ बाट ५९ घरधुरी, वडा नं १३ बाट ५८ घरधुरी र वडा नं १० बाट ११ घरधुरी गरी जम्मा २१२ घरधुरीलाई प्रत्येक घरलाई १५ किलो चामल,१ प्याकेट नुन र १ लिटरको तेल एक बोतलको दरले बितरण गरिएको राष्ट्रिय युबा सघं नेपालका युबा नेता बिक्रम बिकले रेडियो भेरीगंगालाई जानकारी दिएका छन ।

कोरोना भाइरस कोभिड१९ को संक्रमण जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेसा ब्यबसाय नभएका ज्यालादारी काम गर्नेको परिवारमा खर्च चलाउन मुस्किल भएपछी राष्ट्रिय युबा संघ नेपालका केहि युबाहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन ।  राहत लिएका पिडितहरुले संकटको घरिमा आफुलाइ सघाएको भन्दै खुसी सङ्गै धन्यवाद ब्यक्त गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here