भेरीगंगा नगरमा ५ हजारलाई खाद्यन्न वितरण सूरु

0
248

भेरीगंगा, बैशाख १८- सुर्खेतको भेरीगंगा नगरपालिकाले नगरबासीलाई राहत वितरण शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनले प्रभावित मजदुर तथा अति विपन्न नागरिकलाई राहत वितरण शुरु गरेको हो ।

संघिय सरकारले जारी गरेको राहत सम्वन्धी कार्यविधी बमोजिम संकलन गरिएको तथ्यांकका आधारमा नगरपालिकाले पहिलो चरणमा ४ हजार ९४० जनालाई राहत वितरण शुरु गरेको प्रमुख प्रशासकिय अधिकृत नोखीराम ओलीले बताउनुभयो । उहाँका अनुसार १३ वडा कार्यलयमार्फत एकैपटक राहात खाद्यन्न वितरण सूरु भएको छ । अधिकाश वडाले खाद्यन्न राहात वितरण सकिएको ओलीले जानकारी दिनुभयो ।  उहाँका अनुसार परिवारको संख्याका आधारमा एक परिवारलाई ३ जनाभन्दा माथिको परिवारलाई ३० किलो चामल, ४ किलो दाल, २ किलो नून, र २ लिटर खाने तेलसहितको प्याकेज वितरण शुरु भएको भेरीगंगा नगरपालिका मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै ३ भन्दा कम संख्याको परिवारलाई २० किलो चामल, २ किलो दाल, २ किलो नुन र २ लिटर तेल वितरण भएको चन्दले भन्नुभयो ।

राहत पाउने व्यक्तीहरुको तथ्याक संकलन र वितरणको जिम्मा वडा कार्यालयलाई नै दिएको छ । उहाँका अनुसार लकडाउनका कारण प्रभावित दैनिक ज्याला गर्ने मजदुर, श्रमिक र विपन्न समुदायका नागरिकलाई भोकै हुन नदिन वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण थालिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here