भेरीगंगा, मंसिर २३- भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टचार र लैगिक हिँसा सम्बन्धित आज भेरीगंगा नगरपालिका छिन्चु सुर्खेतमा स्थानीय सरकारसंग अन्तरक्रिया गरि मनाएको छ । भ्रष्ट्रचार विरुद्धको अन्तराष्टिय दिवशको अवसर पारि १६ दिने लैगिक हिँसा विरुद्धको अभियान कन्द्रित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दर नेपालको सहजीकरण र भेरीगंगा नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । भ्रष्ट्रचार नियन्त्रण र महिला हिँसा न्यूनीकरणमा स्थानीय सरकारको भुमिका विषयमा सरोकार निकायसंग छलफल भएको भेरीगंगा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख सविता रानाले जानकारी दिनुभयो । कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख राना, भेरीगंगा नगर कार्यवहाक मेयर तथा वडा नम्बर १० का अध्यक्ष मानबहादुर बुढा , प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, कार्यपालिका सदस्य, जनप्रतिनिधी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तैबिच बाँकेको नेपालगन्जमा हजारौं नागरिकहरुले सडकमा उत्रीएर भ्रष्टाचार बिरुद्ध ऐक्येबद्धता सहित सामुहिक सन्देस प्रवाह गरेका छन् । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा ‘भ्रष्ट्राचार विरुद्धका लागि सँगै हिँडौं’ भन्ने नारा साथ नेपालगन्ज वाकाथन कार्यक्रम भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले आयोजनामा भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here