भेरीगंगा, मंसिर २३- कर्णाली प्रदेशको प्रवेशद्धारा भेरीगंगाको छिन्चु सुर्खेतमा सुविधासम्पन्न र उत्कृष्ट चिकित्सा सुविधासहित भेरीगंगा डेण्टल संचालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो पटक दन्त चिकित्सक डाक्टर र अत्याधुनिक प्रविधिसहित भेरीगंगा डेन्टल संचालनमा आएको हो । भेरीगंगा १२ छिन्चुस्थित शारदा माबिको नँया भवनबाट मंसिरदेखि संचालनमा आएको हो ।

कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाका दाँत र मुखका बिरामीहरुका लागि डेण्टल संचालनमा आएको भेरीगंगा डेन्टलका डा. विवेक झाले बताउनुभयो । कर्णालीका दाँत र मुखका विरामीहरु अव उपचारका लागि नेपालगन्ज, काडमाण्डौ र भारतका शहरमा जानु नपर्ने डा. झाले जानकारी दिनुभयो । कर्णाली प्रदेशमै आधुनिक प्रविधि, अनुभवी चिकित्सक र प्राविधिमैत्री व्यवस्थापनका साथ संचालनमा आएको डेन्टल संचालकहरुको दावी छ । डेन्टल संचालन आएको दुई सातामै कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लाका बिरामीका लागि भरपर्दों, सर्वसुलभ र सस्तोमा सेवा दिएको सेवाग्राहीहरुको भनाई छ । डेन्टल संचालनदेखि दाँत र मुखका बिरामीका लागि ३५% छुटमा उपचार भैईरहेको छ ।


मङ्सिर २२ गतेदेखि पौष मसान्तसम्म बिशेष छुट सुविधा रहने डा. झाले जानकारी दिनुभयो । डेन्टल अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा र मुख तथा दन्त सम्बन्धी सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here