भेरीगंगाको छिन्चुमा निःशूल्क योग शिविर संचालन

0
122

दिलिप ढकाल सुर्खेत असार ७ -भेरिगंगा नगरपालिका वडा नम्बर १२ छिन्चुमा एक कार्यक्रमका बिच मंगलबार योग शिविरको उद्घाटन गरिएको छ । आयुर्बेद शाखा जहरेको आयोजनामा एक कार्यक्रमका बीच निशुल्क योग शिविरको उद्घाटन गरिएको हो ।

भेरिगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले छिन्चुस्थित शारादा माध्यमिक बिद्यालयको प्राङ्गनमा निशुल्क योग शिविरको उद्घाटन गर्नु भएको हो । मानवताको लागि योग भन्ने मुल नाराका साथ् आठौ अन्तरास्ट्रिय योग दिबस २०२२ (२१ जुन ) को अबसरमा मंगबलादेखि निशुल्क योग शिबिर संचालन भएको हो । यहि असार ७ गते देखि सुरु भएको निशुल्क योग शिबिर ११ गत्तेसम्म संचालन हुने मैनतडा आयुर्वेद स्वास्थ्य प्रमुख छविलाल खड्काले जानकारी दिनुभयो । मैनतडा आयुर्वेद शाखा जहरेको आयोजनामा संचालित उक्त शिविरमा सहभागीलाई योग, ध्यान, स्वस्थ खानपानका बिषयमा जानकारी दिईने खड्काले जानकारी दिनुभयो । उक्त शिविरमा भेरिगंगा नगर निवासी साथै नगर बाहिरका मानिसहरु सहभागी हुन पाउने छन् । उक्त निशुल्क योग शिविर सन्चालन हुनुको मुख्य कारण सम्पुर्ण नगरमा रहेका बालबालिका लगायत सम्पुर्ण समुदायमा सर्ने अथवा नसर्ने रोगबाट बच्नका लागि विभिन्न योगा सङ्गै खानपानको आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृदि गर्न सक्ने, स्वस्थ जिबन यापन जिउनको लागि गाउ समाज र टोलटोलमा स्वस्थ जिबनशैलीका कुरा हरु अग्रसर बनाउनको लागी निशुल्क योग शिविर सन्चालन गरिएको हो । प्रत्येक दिन विहान ५ देखि ७ वजेसम्म आफ्नो म्याट, पिफर्म सहित सहभागी भै मौकाको फाईदा लिनुहुन समेत मैनतडा आयुर्वेद स्वास्थ्य प्रमुख छविलाल खड्काले जानकारी दिनुभयो ।

भेरीगंगा नगरपालीका वडा नम्बर १२ का वडाअध्यक्ष रामबहादुर डांगीको अध्यक्षता तथा भेरीगंगा नगरपालीकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समाजसेबी, कर्मचारी बिद्यार्थी लगायत स्थानीयको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here