भेरीगंगा, कार्तिक १४- भेरीगंगा नगरपालिका कार्यालयले नगरका १२ वडामा आधारभुत स्वास्थ सेवा केन्द्र विस्तार गरेको छ । वडा नम्बर ७ काठेघारी बाहेक अन्य १२ वडामा वडास्तरीय आधारभुत स्वास्थ सेवा केन्द्र संचालनमा आएको हो । भेरीगंगा नगरपालिका स्वास्थ्य शाखाका सिअहेव विमल रावतका अनुसार आधारभुत स्वास्थ सेवा केन्द्र १२ वडामा पुगेको छभने एक वडामा मात्र बाँकी रहेको छ ।

रावतका अनुसार नगरका ६ वटा वडामा आधारभुत स्वास्थ सेवा केन्द्र भवन समेत निर्माण भएको छ । यस्तै ५ वटा वडामा भाडा र सरकारी भवनबाट स्वास्थ्य सेवा केन्द्र संचालनमा रहेका छन् । वडा नम्बर ४,१०, ६, ९, १३,५ मा आर्थिक बर्ष २०७७।२०७८ मा नँया भवन निर्माण गरि स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको हो । यस्तै वडा नम्बर २,८,११,१२,१,३ मा भाडा, खोप क्लिनिक र अन्य सरकारी भवनमा संचालनमा रहेको स्वास्थ्य शाखा संयोजक राजेश बुढाले जानकारी दिनुभयो । वडा नम्बर ७ मा भवन निर्माण प्रक्रिया सूरु भएको र चालू आर्थिक बर्षमा वडास्तरीय आधारभुत स्वास्थ सेवा केन्द्र संचालनमा आउने बुढाले बताउनुभयो ।

स्वास्थ्य केन्द्र संचालनसंगै १२ वडाहरुमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको छ । नगर अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुका ब्रथिङ सेवा सुचारु भइसकेका छन् । साथै निकट भविष्यमा अस्पताल स्थापना, ल्याब सेवा विस्तार तथा सबै स्वास्थ्य संस्थालाई भौतिक पूर्वाधारमा सुविधा सम्पन्न बनाउदै भरपर्दो स्वास्थ्य सुविधा दिने योजना नगरपालिकाको रहेको छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here