दिपक बराल, बैशाख ४- रामघाटका लालीगुराँस र शिखर माध्यमिक विद्यालयमा नर्स सेवा दिन थालेपछि सहज भएपनि आवश्यक स्वाथ्य सामाग्रीहरुको भने अभाव भएको पाईएको छ । भेरीगंगा नगरपालिका वडा नम्वर ११ र १३ मा रहेका विद्यालयहरुमा सरोकारवाला निकायहरुले गरेको संयुक्त अनुगमनमा स्वास्थ्य सामग्री अभाव पाएको हो ।

शिखर माध्यामिक विद्यालय रामघाटमा छात्राहरुलाई प्रयाप्त मात्रामा सेनेटरी प्याड उपलब्ध हुन नसकेको र लालीगुराँस माविमा पनि प्राथामिक उपचारका लागि औषधीहरुको उपलब्धता हुन नसकेको पाईएको छ । यस्तै भौतिक संरचनाहरु सुविधायुक्त भएतापनी सरसफाईमा ध्यान नदिने गरेको पाईएको हो । सुन्दर नेपाल संस्था सुर्खेतको अगुवाईमा वडा नम्वर ११ र वडा नम्वर १३ का जनप्रतिनिधीहरु लगाएतको संयुक्त अनुगमनमा यस्तो पाईएको हो । सरकारले विद्यालयमा दिएको प्याड सानो साईजको हुदाँ आफुहरुलाई दिनभर स्कुल बस्न समस्या हुने गरेको लालीगुराँस माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला रावतले बताउनुभयो । एक माध्यामिक विद्यालय १ नर्ष कायक्रम संचालन भएपछि विद्यार्थीहरुलाई सहज भएपनि व्यवस्थित हुन नसेकेको लालीगुराँस मावि विद्यालयका प्रधानाध्यापक प्रेम थापाले बताउनुभयो । विद्यालयमा नेपाल सरकारले पठाउने स्वास्थ्य सामाग्रीहरु गुणस्तरीय र प्रयाप्त नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको शिखर मावि रामघाटका प्रधानध्यापक जनकबहादुर सिंहले बताउनुभयो ।

वडा नम्वर १३ का वडाअध्यक्ष टीकाराम सुवेदीले विद्यालयहरुमा नर्स भएपनि उनीहरुले प्रवाह गर्ने सेवा प्रभावकारी हुन नसकेको भन्दै प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो । अनुगमनमा जनप्रतिनीधी, स्थानीय सभाका संयोजन तथा सदस्य, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here