बर्षातले भेरीगंगाका वडाहरुमा क्षती

0
157

सृजना बारघरे, असोज २४- गएको १९ गतेदेखि परेको अविरल बर्षाका कारण भेरीगंगा नगरपालिका वडा नं. ८ र ९ मा पनि केही घरहरु र धान बालीमा आंशिक तथा पुर्ण क्षेती पु¥याएको छ । पाकेर भित्र्याउन तयारी भएको धान बालीमा क्षेती पु¥याए पछि यहाका किसानहरु चिन्तीत भएका छन ।


वडामा कति क्षेती भएको हो भनेर क्षेतीको विवरण संकलन गर्न लागेको अस्थायी प्रहरी चौकी जहरेका प्रमुख असई सुवास खड्काले जानकारी दिनु भयो । भेरीगंगा नगरपालिका वडा नं. ९ मा हालसम्म ३५ वटा घर क्षेती भएको निवेदन दर्ता भैसकेको वडा नं. ९ का वडा अध्यक्ष प्रेम बहादुर आग्रीले बताउनु भयो । त्यस्तै भेरीगंगा नगरपालिका वडा नं. ८ मा २ वटा धानवाली र ८ वटा घर क्षेती गरी १० वटा निवेदन दर्ता भएको वडा नं. ८ का वडा अध्यक्ष पुसे कामीले बताउनु भयो । वडामा अझै अरु व्यक्तिहरुको पनि धानवाली र घर क्षेती भएकाले विवरण संकलन गरी क्षेतिपुर्तीका लागी नगरपालिकामा पहल गर्ने वडा अध्यक्ष पुसे कामीले बताउनु भयो । गत वर्ष पनि दशै तिहार लगत्तै आएको वेमौसमी वर्षाका कारण यहाका किसानहरुको धानवालीमा क्षेति पु¥याएको थियो । उक्त क्षेतीको क्षेति पुर्ती पाउने आशमा भेरीगंगा नगरपालिका वडा नं. ८ का १४८ र वडा नं. ९ का १८० जना किसानले जहरे स्थीत एनसिसि बैकमा हजारौ खर्च गरी बैक खाता खोलेका थिए ।

बैक खाता खोलेको एक वर्ष वितीसक्दा पनि पिडित किसानहरुले हालसम्म आफुहरुले क्षेतिपुर्ती नपाएको गुनासो गरेका छन । क्षेतिपुर्ती बापत पाउने रकम बैक खातामा आई नसकेको एनसिसि बैक श्रोतले बताएको छ । गत वर्षको धानवाली क्षेतिको क्षेतीपुर्ती उपलब्ध गराउन तर्फ कुनै निकायको ध्यान गएको छैन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here