गुर्भाकोट, कार्तिक १४ – प्राइम लाइफ इशोरेन्स मेहेलकुना शाखाले शुक्रबार मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गुर्भाकोट नगरपालिका, ८ मेहेलकुना बस्ने जित बहादुर कामिको मृत्यु भएको हुँदा उहाको श्रीमति भगवती बिक लाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो । पाँच लाख रुपैयाँको चेक उहाकै घरमा हस्तान्तरण गरिएको हो।

मेहेलकुनामा शुक्रबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखा प्रमुख ध्रुवप्रसाद शर्मा र वडा नम्बर, ८ का वडाअध्यक्ष चित्रबहादुर रेग्मीले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ । शाखा प्रमुख शर्माले उक्त कार्यक्रममा बिमाको महतो बारेमा जानकारी दिनुभयो । वडाअध्यक्ष रेग्मीले गाउँ गाउँमा आएर बिमाले राहत दिएको खुसी हुदै सबैलाई बिमा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय शिक्षक कबिराम थापा ,समाजसेबि सरस्वति सिह लगाएतका विभिन्न ब्यक्तीहरुको उपस्थिति थियो । कार्यक्रम कम्पनीका एजेन्सिम्यानेजर भानुभक्त ढकालले सन्चालन गर्नुभएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here