भेरीगंगा, असोज २- भेरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित मैनतडामा आज एक कार्यक्रममा बिच स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यलयको गरिएको छ । नगरपालिकाको करिव २ करोडमा निर्माण हुने भवनको आज नगर प्रमुख भुपेन्दबहादुर चन्द, उपमेयर रेणु आचार्य र वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्रीले भवनको शिलान्यास गर्नुभयो । मैनतडास्थित स्वास्थ चौकी भवन क्षेत्रमा दुई तले स्वास्थ्य चौकी भवन बन्न लागेको हो ।

आज एक कार्यक्रम आयोजना गर्दै वडा नम्बर ८ कार्यलयको आयोजनामा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख चन्दले २ तलाको भवन ३३ कोठे हुने र भवन अत्याधुनिक रहने मेयर चन्दले भन्नुभयो । भवन निर्माण सम्पन्न भए नगरबासीले सहज, छिटोचरितो र गुणस्तर स्वास्थ्य सुविधा पाउने जानकारी दिनुभयो । नया स्वास्थ्य चौकी भवन बालमैत्री, अपांगमैत्री र प्राविधिकमैत्री हुने उपमेयर आचार्यले बताउनुभयो । स्थानीय सरकारको चार बर्षको कार्यकालमा बनेका उदाहरणीय कार्यमा ३२ कोठे स्वास्थ्य चौकी भवन पनि भएको उहाँको भनाई थियो । भवन निर्माण कामको जिम्मेवारी न्यु विशाल निर्माण सेवाले १ करोड ३७ लाखमा ठेक्का पारेको छ। सम्झौता बमोजिम निर्माण सेवाले चालू बर्षको असार मसान्तसम्ममा काम सक्नु पर्ने वडाअध्यक्ष खत्रीले भन्नुभयो । नगरकार्यपालिकाको विशेष पहलमा नगरकै बजेटमा २ करोड बजेटमा स्वास्थ्य चौकी बन्ने भएको जानकारी खत्रीले दिनुभयो ।

भवन शिल्यानास कार्यक्रममा कांग्रेस प्रतिनिधी नरबहादुर विक, एमाले प्रतिनिधी काशी प्रसाद शर्मा, समाजसेजी चन्दबहादुर विकले आफ्नो भनाइ राख्नुभयो । कार्यक्रम संचालन स्वास्थ चौकी मैनतडा ईन्चार्ज जितबहादुर विक र स्वागत मन्त्वय भेरीगंगा स्वास्थ्य शाखा अहेव विमल रावतले राख्नुभएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here