दशैको समयमा १५ गते बोटेचौर बजार बन्द नहुने

0
171

अम्मर राजवंशी, असोज १३- नेपालीहरुको महान चाडपर्ब दशै, तिहारलाई मध्यनजर गर्दै हरेक महिनाको १५ गते हुँदै आएको बोटेचौर बजार यसपाली बन्द नहुने भएको छ । गुर्भाकोट ९ स्थित बोटेचौर बजारलाई दशै र तिहारको समयमा महिनाको १५ गते पनि खुल्ला गरिने भएको हो ।

हरेक महिनाको १५ गते बन्द हुन गुर्भाकोट नगरपालिका वडा न.९ बोेटेचौरबजार व्यापारीहरू तथा उपभोक्ताहरूको सुविधालाई मध्य नजर गर्दै असोज १५ भने बन्द नहुने भएको छ । बिहिबार एक सुचना जारी गर्दै विजया दशमी शुभदिपावली तथा छठ पर्व २०७९ को शुभकामना दिदै असोज १५ गते बजार बन्द नगर्न आग्रह गरेको बोटेचौरबजार व्यवस्थापन समितीका अध्यक्ष नवीन सुनारले जानकारी दिनु भयो ।

चाड पर्वको नाममा कुनैपनि किसिमका विकृती नफैलानु ब्यापारी उपभोक्ता र सम्पुर्ण बजार बासी लाई आग्रह समेत सुनारले गर्नु भयो । चाडपर्वका समयमा स्थानीय बजारलाई उपभोक्तामैत्री बनाउन महिनाको १५ गते पनि खुल्ला गरिने भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here