चैत ५ गते शारदा माविमा स्वास्थ्य शिविर हुने

0
320

भेरीगंगा, चैत १- भेरीगंगा १२ छिन्चुस्थित शारदा माविमा आगामी चैत ५ गते शनिबार बृह्त निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । रत्न अधिकारी स्मृति प्रतिष्ठान भेरीगंगा ४ को आयोजना र भेरीगंगा डेण्टल क्लिनिक, सुर्खेत अस्पताल प्रालि र जिपि मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा विशेषज्ञसहितको बृहत स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

भेरीगंगा डेण्टल क्लिनिक छिन्चुको समन्वयमा हुने स्वास्थ्य शिविर निशुल्क हुने आयोजकले जानकारी दिएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. केएन पौडेल बरिष्ट फिजिसियन, डा. किशोर बिष्ट, हाडजोर्नी विशेषज्ञ, डा. ललितजङ्ग शाही स्त्रीरोग विशेषज्ञ र डा. बिमला खत्री दन्तरोग विशेषज्ञले बिरामीको चेकजाँच र उपचार गर्ने बताएको छ । रत्न अधिकारी फाउन्डेसनले पहिलो पटक शारदा मावि छिन्चुमा आगामी शनिबार भव्य निशुल्क स्वास्थ चेकजांच हुन लागेको हो ।

शिविर निशूल्क हुने र सबै प्रकारका बिरामीले सेवा पाउने बताएको छ । शिविरबाट भेरीगंगासंगै गुर्भाकोट र लेकबेशी नगरका बिरामीले समेत लाभ पाउने आशा गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here