गुर्भाकोटमा क्यान्सर र स्त्रीरोगको जाँच शिविर सम्पन्न

0
331

दिलिप ढकाल गुर्भाकोट चैत्र १८ – गुर्भाकोट नगरपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा स्त्रीरोगको जाँच तथा उपचार सम्बन्धि २ दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १३ मा संचालित महिला परिबर्तन साना किसान कृषि सहकारीको आयोजना तथा आर्थिक सहयोगमा संचालन भएको स्वास्थ्य शिबिर को समन्वय गुमी स्वास्थ्य चौकी गुर्भाकोट सुर्खेतले गरेको थियो ।

स्वास्थ्य शिबिरको उद्दघाटनमा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, उप–मेयर मैना बिक वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङ लगाएत स्थानीयको उपस्थिति रहेको थियो । मेहेलकुना अस्पताल सुर्खेत र परिवार नियोजन संघ सुर्खेतको प्राबिधिक सहयोगमा संचालन भएको स्वास्थ्य शिविरमा १३ जना दलित , १५२ जना जनजाति ,७३ जना बाहुन÷क्षेत्री र ८ जना अन्य गरि जम्मा ३१३ जनाले सेवा लिएको गुमी स्वास्थ्य चौकीका प्रमुख पूर्ण घर्तीले जानाकारी दिनु भयो ।

महिला परिबर्तन साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष ओबिकला नेपालीको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य शिविरमा साना किसान बैंक सुर्खेतका प्रबन्धक राजेन्द्र भण्डारीको पनि उपस्थिति रहेको थियो । स्थानिय स्तरमा सेवा लिन पाउदा शिविरमा सहभागीले खुशी ब्यक्त गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here