गुर्भाकोटको मालारानी क्षेत्रमा मोबाईट नेटवर्क समस्या

0
292

होमबहादुर कार्की, गुर्भाकोट- गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित मालारानीमा क्षेत्रमा मोबाईल नेटवर्क समस्या अत्याधिक हुने गरको छ । मालारानी डाडामा रहेको मोबाईट टावरको नेटवर्कले काम नगर्दा गुर्भाकोट, भेरीगंगा र सल्यानको कालीमाटी क्षेत्रमा मोबाइल समस्या देखिएको हो ।

विभिन्न सन्चार माध्यमबाट धेरै सुबिधाहरु आइसक्दा पनि मालारानीमा मोबाइल नेटवर्क मा सधै समस्या आइरहेको छ । बिशेष गरि झरी बादल गर्दा, हावा हुरि आउदा र साझ बिहानमा प्राय सधै मोबाइल नेटवर्कको समस्या आउने गरेको हो । फोन जस्तो अतिआवश्यक साधनको नेटर्वकले काम नगर्दा स्थानिय सेवाग्राही समस्या पर्ने गरेका छन् । गुर्भाकोट १ स्थित गोठेरीको नेपाल टेलिकमको टावरमा बर्षातको समयमा विद्युत समस्या हुँदा दैनिक यस्तो समस्या झेल्नु परेको स्थानीय बताउँछन् उत्तः स्थानमा सोलारको चार्जबाट संचालन हुने हुदा यसलाई बिद्युतबाट ब्यबस्था गरे नेटवर्कमा सुधार आउने“ स्थानीय सेवाग्राही भुपाल बि.कले बताउनुभयो । अहिले बिशेष गरि गुर्भाकोट १,२,३ र ४ का वडाहरुका प्रत्येक टोलमा नेपाल टेलिकमले आबश्यक परेको बेलामा फोन नलाग्ने र यस्तो समस्या का लागि तत्काल समाधान गर्न सम्बन्धित निकायले सुधार गर्नुपर्ने उहाँको माग छ ।

स्थानीय राजिप कार्कीले दैनिक मोबाइलमा नेटवर्क नहुदा विभिन्न व्यापारीक, घरायसी र अत्यावश्यक काममा बाधा परेको बताउनुभयो । कोरोना महामारीका बेला आफन्तसंग फोन कुराकानी, वडामा सम्पर्क समन्वय टुट्ने गरेको उहाँको भनाई छ । स्थानीयले अहिले सामाजिक संजालमा आफ्ना गुनासोहरु स्थानिय सेवाग्राहीले पोस्ट गरि गुनासो व्यक्त गरेपनि समसया समाधान हुन सकेको छैन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here