गुर्भाकोटका १४ वडामा पुग्यो स्वास्थ्य सेवा केन्द्र

0
424

गुर्भाकोट, फागुन १५ – सुर्खेतको पुर्वी गुर्भाकोट नगरपालिकाका १४ वडामा आधारभुत स्वास्थ्य केन्द्र सेवा विस्तार भएको छ । आईतबार गुर्भाकोट वडा न ६ स्थित आधारभूत स्वास्थ केन्द्र बडाखोलीको उद्घाटनसंगै नगरका १३ वडाका स्वास्थ्य केन्द्रका आफ्नै भवन समेत निर्माण गरिएको छ ।

नगरपालिकाले वडा नम्बर १ बाहेक सबै वडामा आफ्नै पक्की भवनमा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा ल्याएको मेयर हस्त पुनले बताउनुभयो । आईतबार बडाखोलीको स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्दै नगर प्रमुख पुनले जनताको आधारभुत स्वास्थका लागि सबै तयारी र प्रक्रिया पुगेको बताउनुभयो । वडा नम्बर १ मा पक्की भवन निर्माण प्रक्रिया सुरु भएकोले अहिले भाडाको घरमा स्वास्थ्य केन्द्र संचालनमा रहेको जानकारी दिनुभयो । गुर्भाकोट नगरपालिकाले अहिले १४ वडामा ७ वटा आधारभुत स्वास्थ्य केन्द्र, ५ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । साविक गाविस अन्तर्गतका ६ वटा स्वास्थ्य चौकीका आफ्नै पक्की भवनसहित संचालनमा रहेका छन् ।

स्थानीय सरकार नगर भित्रका सबै जनताको स्वास्थ्य सेवा प्रदान गर्दै आएको र अझै थप पहल गर्ने प्रतिबद्ध रहेको नगरपालिकाको भनाई छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here