कालिमाटीस्थित हरियाली स्वास्थ्य आमा समुहका ६ जना सम्मानित

0
134

दिलिप ढकाल, असोज ६ -आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको आयोजनामा सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत रहेको श्री हरियाली स्वास्थ्य आमा समुहका २८ जना सदस्य मध्य ६ जना लाई सम्मान गरिएको छ । चौबिस पटकसम्म बच्चालाई तौल गरि सम्मानित हुने आमा समुहका सदस्यहरु क्रमशःजित कुमारी तारम मगर, गिता थापा मगर डाँगी, उमा गुरुङ र प्रमिला थापा मगर गरि चार जना रहेका छन् ।

सुत्केरीपछि तिन दिन र सात दिनमा चेकजाच गराए बापत शान्ति थापा मगर उत्कृष्ट भएकी छन् भने गर्भवती प्रोटोकल अनुसार उत्कृष्ट आमा संगिता राना सम्मानित भएकी छन् । सम्मान कार्यक्रममा मेसिनमा बच्चा राखेर तौल्नको लागि सहज होस् भनेर बासको टोकरी आमा समुहलाई वितरण गरिएको थियो । पोषण अन्तरगत सर्बोत्तम पिठो, कोल्गेट ब्रस , साबुन लगाएत स्वास्थ्य सामाग्री सँगै सम्मान पत्र पनि वितरण गरिएको थियो । वडा नम्बर ४ का अध्यक्ष तथा स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष बेलबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रकको अध्यक्षता हरियाली आमा समुहको अध्यक्ष टीका थापाले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य ब्यबस्थापन समितिका उपाध्यक्ष तथा कर्यापालिका सदस्य लक्ष्मी सुनार, वडा सदस्य डिलमया वली, दुर्गा बहादुर खत्री, हुमबहादुर थापा, जनसेवा माबि असुरेनी धामका प्रअ. अम्बरबहादुर थापा र आधारभुत स्वास्थ्य सेवा केन्द्र पिप्लेको अहेब. रिता कंवर लगायत आमा समुह सदस्यहरुको उपस्तिथि रहेको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र पिप्लेका प्रमुख प्रेमबहादुर सुनारले कार्यक्रम संचालन गर्नु भएको थियो भने अहेब. रिता कंवरले स्वागत मन्तव्य राखनु भएको थियोे । कार्यक्रममा स्वास्थ्य ब्यबस्थापन समितिका उपाध्यक्ष तथा कर्यापालिका सदस्य लक्ष्मी सुनार, उपस्थित वडासदस्य लगाएतले आफ्नो भनाई राखेका थिए । सम्मान कार्यक्रम सामाग्री खरिदको लागि निर्बाचित जना प्रतिओनिधिहरु वडाअध्यक्ष बेलाबहादुर चन्द, कर्यापालिका सदस्य लक्ष्मी सुनार तथा वडा सदस्यहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर ४ का वडाअध्यक्ष बेलबहादुर चन्दले दुई वर्षा मुनिका १००० दिने आमाहरुले नियमित रुपमा गर्भवती जाच सुत्खेरी जाच र दुई बर्ष भित्र बच्चाको तौल लिने कार्यलाई बिषेश ध्यान दिन समेत आग्रह गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here