गुर्भाकोट, कार्तिक २४- गुर्भाकोट नगरपालिका वडा न. १ गोठेरी बस्ने ३२ बर्षीय बिकास सोमै आर्थिक अभावका कारण मानसिक रोगको उपचार गर्न पाएका थिएनन् । जसका कारण उनका बुवा सिबलाल सोमैले छोरालाई घरमै डोरीले बाधेर राख्न बाध्य भए । आर्थिक अभावका कारण परिवारले राम्रो अस्पतालमा उपचार गराउन पाएन् । विकास सोमे लामो समयदेखि घरभित्रै बाधिएर राखिए । तर यीनै सोमे अहिले भने घरमा बाधिएर बस्ने जन्जिरबाट मुक्ति पाएका छन् ।

डोरीमा कैद जीवनबाट मुक्ति पाएर विरेन्द्रनगरस्थित मानव सेवा आश्रम केन्द्रमा बसेर उपचार चलिरहेको छ । विकासलाई नँया जीवन दिलाउन गुर्भाकोट नगरपालिका २ का युवा व्यक्तित्व तथा समाजसेवी हुमबहादुर कार्कीले पहलले सार्थकता दियो । विगत ६ महिनादेखि सोमे बचाउ अभियान सुरु गरेका कार्कीले अहिलेसम्म ६३ हजार ६२४ रकम जम्मा गरे भने उनलाई आश्रम केन्द्रमा पठाउन सफल भए । ३२ बर्षीय सोमै उपचारका लागि अभियान सञ्चालन गरेका कार्कीले छोटो समयमा अभियानले सार्थकतान पाएको र सोमेले नँया जीवन पाएको बताए । विभिन्न हस्पिटल धामीझाँक्री गर्दै आएको र घरको आर्थिक अबस्थाले नसक्दा बाध्य भएर डोरीले बाध्नु परेको विकासका बुवा शिवलाल सोमैले बताउनुभयो । यसैगरि सोमै बचाउ अभियानमा स्वास्थ उपचारका लागि सहयोग गर्नेमा गुर्भाकोट १ घर भई साउदीबाट सुनिल अधिकारीको सयोजकमा ३६ हजार २५०, मलेसियाबाट ५ हजार ५६०, साउदीबाट ६ हजार १८, मलेसियाबाटै ६ हजार १६, गुर्भाकोटका मोतिसरा वलि एक हजार, बुद्दबहादुर थापा एक हजार सहयोग भएको थियो ।

यस्तै कार्कीका अनुसार कृष्नलाल ढकाल १ हजार २०५, कोरियाबाट हरिप्रसाद अधिकारी २ हजार ३५०, रमेसकुमार ढकाल १ हजार ११०, काशिबहादुर गाहाबाट १ हजार, बिपेस थापाबाट ५५५ र भुपाल बिकबाट ५६० सहित ६२ हजार ६२४ रकम प्राप्त भएको हो । अभियान्ता कार्कीले संकलित रकम सोमै उपचारमा खर्च गर्ने समेत बताउनु भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here