आखाँ अस्पतालले मोतिविन्दुको निशुल्क शल्याक्रिया गर्दै

0
198

गुर्भाकोट, फागुन २४ – नवनिर्मित गुर्भाकोट ८ मेहेलकुनास्थित सामुदायिक आँदा उपचार केन्द्र अस्पताले मोतिविन्दुका रोगीहरुको निशूल्क आँखाको शल्याक्रिया गर्ने भएको छ । फागुन २९ गते नवर्निमित अस्पतालको भवन संचालनको अवसर पारेर मोतिविन्दुका रोगीहरुको निशूल्क शल्याक्रिया गर्ने तयारी भएको हो ।

मोतिविन्दुका बिरामीहरुको फागुन २५ गते बुधबारसम्म निशूल्क आँखा चेकजाँच गर्ने र मोतिविन्दु भेटिए २९ गते शल्याक्रिया गरिने आखा उपचार केन्द्र मेहेलकुनाका संचालक समिति अध्यक्ष बिर्खबहादुर नेपालीले बताउनुभयो । मोतिविन्दुको शल्याक्रियाका लागि २९ गते काठमाण्डौ र नेपालगन्जबाट नत्रे विशेषज्ञहरु आउने नेपालीले जानकारी दिनुभयो । मोतिविन्दुका बिरामीले २५ गतेसम्म आँखा चेकजाँच र नाम दर्ता गर्न समेत अस्पताले आग्रह गरेको छ । मेहेलकुनामा स्थापना भएको सामुदायिक आँखा उपचार केन्द्र अहिले भाडामा संचालनमा छ ।

नँया भवन निर्माण भैईसकेको र आगामी फागुन २९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भवनको समुउद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल नेत्रज्योति संघघारा संचालित सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनामा अहिले नेत्र विशेषज्ञबाट आँखा उपचार सेवा दिदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here