भेरीगंगा, चैत ३०- र्णाली प्रदेशको प्रबेश द्वार भेरिगंगा नगरपालिका १२ छिन्चुमा रहेको क्वारेन्टाइनमा यति बेला ३४ जना राखिएको छ भने जाजरकोटका ५ जनालाइ आफ्नै स्थानिय क्वारेन्टाइनमा पठाइएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि भेरिगंगा नगरपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो ।
क्वारेन्टाइन शारदा मा।बि छिन्चु बजारमा बनाइएको छ । जाजरकोट छेडागाडका ५ जनालाइ केही दिन क्वारेन्टाइनमा बसाली छेडागाड जाजरकोट नै पठाइएको छ तेस्तै अहिले छिन्चुको क्वारेन्टाइनमा ३४ जनालाई राखिएको छ । जस्मा भेरिगङ्गा नगरपालिका २ का दिपायलबाट आएका राम बहादुर बिक,पुरण चुनारा,चन्द्र बहादुर बिक र लाल बहादुर बिक रहेका छन तेस्तै भेरिगङ्गा ६ का बागलुङबाट आएका सन्तोष खत्री रहेका छन भेरिगंगा १० मलेखुबाट आएका ललित परियार,चेतन परियार,दिपक तामाङ,केशब बिटालु,दिपक परियार गोरखाबाट आएका भेरिगङ्गा १० कै धिरज पुन,रेशम बुढा,मिलन पुन,बिक्रम पुन,तिरिस पुन,देब रास्कोटी,दलबिर नेपाली,नैनसिंह पुन,झक बहादुर घर्ती,टोप बहादुर पुलामी,सन्तोष परियार,प्रकाश घर्ती,लाल बहादुर घर्ती,कमल रोकाय,निमेष पुलामी,बिजय महतरा,शंकर तामाङ,गणेश पुलामी,राम बहादुर बिटालु,पुरण परियार र कमल बुढा मगर रहेका छन ।
बिरेन्द्रनगर नगरपालिकाबाट सन्तोस परियार त्यस्तै पन्चपुरिबाट मदन सिजाली रहेको क्वारेन्टाइन स्वास्थ्यका इन्चार्ज अ।हे।ब धिरेन्द्र घर्तिले जानकारी दिएका थिए । इन्चार्ज धिरेन्द्र घर्तिका अनुसार तेहा बसेका सबैको ६/६ घण्टाका स्वास्थ्य परिक्षण गरिएको र अहिले सम्म सबैको स्वास्थ्य अवस्था सामान्यनै रहेको बताएका थिए ।