सुर्यज्योति मावि भेरीगंगा हेर्रेमा कक्षाकोठा अभाव

0
314

दिलिप ढकाल, साउन २१- भेरीगंगा नगरपालिका वडा नम्बर ४ हर्रेस्थित सुर्य ज्योति माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले कक्षा कोठाको अभाब झेल्ने गरेका छने । बाबियोले वरिपरि बारेको कोठामा पढ्न विद्यार्थी बाध्य भएका छन्।

बिद्यालयमा हाल शिशु कक्षादेखि कक्षा १० सम्म पढाई भईरहेको र एउटा कक्षाका बिद्यार्थीलाई पठनपाठनको लागि कोठा नभएकाले वरिपरि बाबियोले बारेर भएपनि पठनपाठन गराउनु परेको बिद्यालयका प्रधानाध्यापक महेन्द्र कुमार डिसीले जानकारी दिनु भयो । बिद्यालयमा फर्निचरको पनि अभाब रहेको र पानी पर्दा बिद्यार्थी हिलाम्य कोठामा पढ्नु पर्ने बाध्यता रहेको समेत उहाले जानकारी दिनु भयो। केन्द्र प्रदेश तथा स्थानिय तहले शिक्षामा अथाहा लगानी गरेपनि बिकट तथा दुर्गमका बिद्यालयका भबन तथा फर्निचरका समस्या भने जहाको तेही छन्। विद्यालयको समस्या बारे वडा नम्बर ४ का वडा अध्यक्ष गंगाबहादुर खत्रीसंग प्रश्न गर्दा विद्यालयको भवनको लागि वडामा प्रयाप्त बजेट नहुने हुदा पालिकाबाट पहल गर्ने जानकारी दिनुभयो । वडाअध्यक्ष खत्रीले विद्यालयको फर्निचरको लागि वडाबाट रकम छुट्टयाएर फर्निचर खरिद गरिने जानकारी दिनुभयो।
२०३६ सालमा स्थापना भएको बिद्यालयमा हाल २३८ जना बिद्यार्थी अध्ययन गरिरहेका छन।

यहि बिषयमा भेरिगंगा नगपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गजेन्द्र जिसीसँग प्रश्न गर्दा हाल बिद्यालयमा कक्षा कोठाको अभाब भएको हुदा कक्षा ९ र १० को तत्काल अनुमति नदिने कुरा चलिरहदा बिद्यालयका प्रअ. लगाएतले बिद्यार्थी ९ र १० पढ्न छिन्चुबजार आउदा यातायात खर्चमै लाखौ खर्च हुने भएकाले हामि जसरि पनि कक्षा कोठा र बिद्यालयमा फर्निचरको ब्यबस्था गरि पठान पाठन गर्छौ भनेपछि कक्षा ९ र १० को अनुमति दिएको जानकारी दिनु भयो। शाखा प्रमुख गजेन्द्र जिसीले यो बर्षको रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयले भवनको लागि नगरपालिकामा प्रस्ताब पेश गरेको खण्डमा आफुले उक्त प्रस्ताबलाई जिल्ला स्तर हुदै केन्द्र सम्म पठायर भबन प्राप्त गर्नमा सहयोग गर्ने बताउनु भएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here