सुर्यज्योति माविमा ४ कोठे भवन उद्घाटन

0
152

दिलिप ढकाल गुर्भाकोट चैत्र १५- पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाको शैक्षिक धरोहरको रुपमा रहेको सुर्यज्योति माध्यमिक बिद्यालयमा ४ कोठे पक्की भबनको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले उक्त ४ कोटे पक्की भबन को उद्घाटन गर्नु भएको हो ।

यो बर्षको रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छतीस बराबरको बजेटबाट उक्त भबनको निर्माण हुन लागेको सुर्य ज्योती माबिका प्रधानाध्यापक हिक्मत रोकाले जानकारी दिनु भयो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिर्ख बहादुर नेपाली, गुर्भाकोट नगरपालिका सामाजिक बिकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चित्र बहादुर रेग्मी, सुर्य ज्योती प्राबी तथा सुर्य ज्योती माबीका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

उक्त चार कोठे भबन निर्माण पश्चात् माबी तहका कक्षा संचालन हुने सुर्य ज्योती माद्यामिक बिद्यालयका प्रधानाध्यापक हिक्मत रोकाले जानकरी दिनु भयो । यहि आर्थिक बर्षमा निर्माण सकिने गरि काम सुरु भएको समेत उहाले जानकारी दिनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here