भेरीगंगा, सुर्खेत- भेरीगगा नगरपालिमा रहेको समुदाय शसक्तिकरण युवा समूह भेरिगंगाले उपचार्थ एक युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ । युवा समूहले भेरीगंगा ८ निवासरी गोपाल परियारको उपचार्थ ४७ हजार ५५० रुपैँया सहयोग उपलब्ध गराएको हो ।


नेपालगन्ज भेरीअंचल अस्पतालमा उपचार्थ परियाको उपचार्थ युवा समूहले ४० हजार ५५० रुपैँया र सिनाचोक अनलाइन लुडो क्लब मलेसियाबाट ७ हजार रुपैँया सहयोग उपलब्ध भएको हो । सिनाचोक अनलाइन लुडो क्लब मलेसिया र समुदाय शसक्तिकरण युवा समूहबाट जम्मा ४७ हजार रकम उपलब्ध गराएको हो । उपचारका लागि आर्थिक अभाव भएपछि भेरीगंगा ८ घर भई हाल विदेशमा रहेका स्थानीय युवाहरुको पहलमा उक्त सहयोग भएको हो ।

सिनाचोक अनलाइन लुडो क्लब मलेसियाका अध्यक्ष मोहन गुरुङ्ग, उपाध्यक्ष मिलन गुरुङ्ग, महासचिव बिकास गुरुङ्ग, कोषाध्यक्ष कान्छी गुरुङ्ग, सचीव निश्ता पुन लगायतले आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here